काठमाडौं- प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले लगानीकर्ताका लागि १ सय ६० प्रतिशत हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गरेको छ।
कम्पनीले १ सय रुपैयाँ दरका ९७ करोड ६३ लाख २० हजार रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको हो।
कम्पनीको १ सय ६० प्रतिशत हकप्रदमा फागुन १६ गतेसम्म सेयर खरिद गर्ने लगानीकर्ताले आवेदन दिन सक्नेछन्।
कम्पनीको हकप्रद सेयरलाई इक्रा नेपालले ग्रेड ४ प्लस प्रदान गरेको छ। जसले कम्पनीका आधारहरु औसतभन्दा तल रहेको जनाउँछ।
हकप्रद सेयरका लागि फागुन २७ देखि २०७५ वैशाख २ सम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ। कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।
कहाँबाट दिने आवेदन?
प्राइम लाइफ इन्स्योरेन्सको हकप्रदमा सिद्धार्थ क्यापिटल लिमिटेड नारायणचौर नक्साल, प्राइम लाइफ इन्स्योरेन्सको केन्द्रीय तथा शाखा कार्यालयहरु, आस्वा अनुमतिप्राप्त सबै बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।