• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

नारायणगढ-मुग्लिन सडक कहिले बन्ला चिल्लो? यस्तो छ अहिलेसम्मको प्रगति

64x64
नेपाल लाइभ आइतबार, फागुन २७, २०७४  ०३:१८
1140x725

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डको काम अन्तिम चरणमा रहे पनि पुनः म्याद थपका लागि सिफारिस भएको छ। अझै कति समय यो बाटोमा सास्ती बेहोर्नुपर्न हो भन्ने धेरैलाई चिन्ता छ। उक्त सडक खण्डको धुलो र जाममा यात्रा गरेर आजित भइसकेका यात्रुलाई यो सडक कुनै दिन फराकिलो र चिल्लो बन्नेछ भन्ने कुरा अपत्यारिलो लाग्ला। तर, सडक स्तरोन्नतिको काम सकिएपछि नारायणगढ-मुग्लिन सडक अन्तर्राष्ट्रिय स्तरको बन्ने आयोजनाले जनाएको छ। काठमाडौं र पोखरालाई देशका अन्य स्थानसम्म जोड्ने मुख्य मार्गका रुपमा रहेको सो सडकखण्डको काम ७७ प्रतिशत मात्र सकिएको छ। जबकि नारायणगढ-मुग्लिन सडक आयोजनाको म्याद तीन पटकसम्म थपेर पनि गत फेब्रुअरीमा सकिसकेको हो। अहिले चौथो पटक आयोजनाको म्याद थपका लागि सिफारिस भएको छ।

सन् २०१५ को अप्रिलबाट सुरु भएको नारायणगढ-मुग्लिन सडक स्तरोन्नतिको काम किन समयमा सकिएन र अहिलेसम्म कस्ता प्रगति भए भन्ने धेरैलाई चासोको विषय बन्ने गरेको छ।

चौथो पटक म्याद थपका लागि सिफारिस

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत हालसम्म ३ पटक म्याद थप गरेर समय सकिएको छ तर काम सकिएको छैन। थपिएको मितिले आयोजना निर्माणको काम गत फेब्रुअरी २० मा सकिनुपर्ने थियो। तर, तीन चरणका निर्वाचन तथा सवारी आवागमनको समस्याले गर्दा काममा ढिलाइ भएको निर्माण कम्पनीहरुले बताउँदै आएका छन्। सोही कारण आयोजनाले आगामि मे ३० सम्ममा काम सक्ने गरी पुनः म्याद थप गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सिफारिस गरिसकेको छ।

‘हामीले म्याद थपका लागि सिफारिस गरिसकेका छौं। तर, हालसम्म मन्त्रालयबाट स्वीकृति प्राप्त भइसकेको छैन’, आयोजनाका इन्जिनियर शिव खनालले भने, 'अब थपिने समयमा सडक निर्माणको काम सकिनेछ। थोरै मात्र पहरो काट्न बाँकी रहेको र सडक कालोपत्रे गर्ने काम छिटो हुने हुँदा सिफारिस गरिएको थप म्यादमा काम सकिनेमा ढुक्क छौं।' यद्यपि, म्याद थपको सिफारिसअघि निर्माण कम्पनीहरुले भने सडक स्तरोन्नतिको पूरा काम सक्नका लागि अझै करिब ३ वर्ष समय थपिनुपर्ने माग गरेका थिए।

यसअघि २ वर्षको समयसीमा सकिएपछि पहिलो पटक साढे ४ महिनाका लागि म्याद थप गरिएको थियो। भूकम्प, नाकाबन्दी, सवारी व्यवस्थापन, चाडपर्व, वर्षात जस्ता कारण देखाउँदै २ पटक गरी थप साढे ५ महिनाको समय पनि आयोजनले पार गरिसकेको छ।

सडक निर्माणको प्रगति

Ncell 2
Ncell 2
nimb
nimb

सन् २०१५ को अप्रिलबाट २ वर्षमा पूरागर्ने लक्ष्यसहित सुरु भएको निर्माण कार्य थप १ वर्ष समय सकिदाँ पनि ७७ प्रतिशत काम मात्र सकिएको छ। आँपटारीदेखि मुग्लिनसम्मको सडकलाई ३ खण्डमा विभाजन गरी ३ छुट्टाछुट्टै कम्पनीसँग निर्माण सम्झौता गरिएको हो। 

आँपटारीदेखि दासढुंगासम्म (लम्बाई–१३ किमी) को पहिलो खण्डमा निर्माण कार्य गरिरहेको बिएलए एसपिसी जेभीले हालसम्म ८० प्रतिशत काम सकेको बताएको छ। दासढुंगादेखि जुगेडीसम्मको केही किलोमिटर सडकमा कालोपत्रे (पिच) गर्न सुरु नै गरिएको छैन। तर आँपटारी, रामनगर लगायत बाँकी क्षेत्रमा भने दोस्रो चरणको कालोपत्रे पनि सकिएको छ। यो खण्डलाई निर्माणका हिसाबले अन्य खण्डमध्ये सहज मानिएको छ। यो खण्डमा सडक ११ मिटर फराकिलो बनाइनेछ।

उता, दोस्रो खण्डको निमार्ण गर्ने ठेक्का पाएको वुडहिल लामा जेभीले सबैभन्दा धेरै ८७ प्रतिशत काम सिद्याएको आयोजनाले जनाएको छ। भरतपुर महानगरको वडा नम्बर–२९ अन्तर्गत दासढुंगादेखि सिमलतालसम्मको क्षेत्र ओगट्ने यो खण्डमा अधिकांश स्थानमा दुई चरणको कालोपत्रे पुरा भएको निर्माण कम्पनीका कन्ट्रयाक्ट म्यानेजर रविन्द्र श्रेष्ठले जानकारी दिए। यो खण्डमा पनि सडक ११ मिटर नै फराकिलो बनाइनेछ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सडक निर्माणका लागि संवेदनशील र जटिल क्षेत्र मानिएको सिमलतालदेखि मुग्लिनसम्मको खण्ड ३ मा ६९ प्रतिशत मात्र काम पूरा भएको छ। सुप्रिम रौताहा जेभीले निर्माण कार्यको जिम्मा पाएको सो खण्डको चेपाङ डाँडामा करिब ३ सय मिटर पहरो काट्ने काम बाँकी रहेको आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिए। भौगोलिक हिसाबले पनि अप्ठेरो पहाडी इलाका भएकाले सो क्षेत्रमा कामको रफ्तार बढाउन नसकिएको खनालको तर्क छ।

इन्जिनियर खनालका अनुसार ती क्षेत्रमा ९ मिटर फराकिलो सडक बनाउनुपर्ने हुन्छ। सडक छेउको पहाड करिब ६० मिटरसम्म अग्लो भएकाले भित्तो काट्न कठिन भएको उनले बताए। 

आयोजनाको सूचना अधिकारी समेत रहेका इन्जिनियर खनालले भने, ‘सो क्षेत्रमा सडकभन्दा तल त्रिशुलीसम्म पनि ठाडो भिर छ, माथि पनि ठाडै पहाड छ। क्यान्टिलिभर राख्ने भनिए पनि निर्माण कम्पनीसँग सम्झौता हुन सकेन। थप पहाड काट्नुपर्ने भएपछि सो खण्डमा तोकिएको भन्दा बढी समय लागेको हो।’ ठूला–ठूला आरसिसी स्ल्याब निर्माण गरी सडकभन्दा बाहिरसम्म पुग्ने गरी बिछ्याएर सडक चौडा बनाउने प्रविधि क्यान्टिलिभर हो।

नपुग भएको करिब साढे १ मिटर चौडाइका लागि क्यान्टिलिभर नै उपयुक्त हुने आयोजनाको ठम्याइ थियो। तर, ती ठाउँमा क्यान्टिलिभर राख्ने विषयमा ठेकेदार कम्पनीसँग आर्थिक कुरा नमिल्दा ठेक्का प्रक्रिया अगाडि बढ्न नसकको हो। अहिले सो स्थानमा पूरा चौडाइ ९ मिटर बनाउन पहरो काट्ने काम अन्तिम चरणमा छ।

१८ मध्ये ४ पुलको मात्र निर्माण चल्दै

नारायणगढ–मुग्लिन सडक खण्डमा जम्मा १८ पुल छन्। जसमध्ये हाल ४ वटा पुलको मात्रै निर्माण कार्य चलिरहेको छ। दासढुंगा र जलबिरे तथा खानी खोला र मौरी खोलामा पुल निर्माणका लागि गत वर्षको नोभेम्बरमा ठेक्का दिइएको थियो। इन्जिनियर खनालले भने, ‘२१ महिनामा सक्नेगरी पुल निर्माणको जिम्मा दिइएको छ।’

बाँकी पुल निर्माणको ठेक्का प्रक्रिया यसअघि नै सुचारु हुने भनिए पनि हालसम्म सुरु हुन नसकेको खनालले जानकारी दिए। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ठेक्का प्रक्रियामा गरेको ढिलासुस्तीबारे भने उनले खुलाएनन्। 

निर्माणका क्रममा लामो समय आवतजावतमा हैरानी बेहोरेका यात्रुले सो खण्डमा मन्त्रालयले पुल निर्माण प्रक्रियालाई अगाडि नबढाउँदा थप सास्ती बेहोर्नुपर्ने देखिएको छ। 

विश्व बैंकको दुई अर्ब ९० करोड रुपैयाँ ऋण सहयोगमा नारायणगढ-मुग्लिन सडकखण्ड विस्तार थालिएको हो। नारायणगढ–मुग्लिन सडक भएर औसतमा दैनिक ७ हजार ३ सय गाडी ओहोर–दोहोर गर्ने गरेको तथ्यांक छ।

तेस्रो चरणको कालोपत्रे सुरु

नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत पहिलो र दोस्रो चरणको कालोपत्रे सकिएका स्थानमा शुक्रबारबाट तेस्रो चरणको कालोपत्रे सुरु गरिएको इन्जिनियर खनालले जानकारी दिए। उनका अनुसार तिन चरणकै कालोपत्रे सकिएपछि पिचको मोटाई १ सय ६० मिलिमिटर अर्थात् १६ सेन्टिमिटर रहनेछ। 

तीन वटै खण्ड गरी हालसम्म २० दशमलब ५ किलोमिटर सडकमा पहिलो चरणको कालोपत्रे गरिसकिएको छ। त्यस्तै १७ किलोमिटरमा दोस्रो चरणको कालोपत्रे पनि सम्पन्न भइसकेको छ। सडक खण्डको कुल लम्बाई ३६ दशमलब ४ किलोमिटर भए पनि निर्माणपछि सो दुरीमा केहि कमी आउने आयोजनाले जनाएको छ।

पहिरोग्रस्त क्षेत्रमा ‘जुट नेट’ बिच्छाउन सुरु

निर्माणधीन सडक खण्डअन्तर्गत अति पहिरोग्रस्त क्षेत्रमा ‘जुट नेट’ बिच्छाउन सुरु गरिएको छ। अधिकांश स्थानमा पहरो काटेर सडक विस्तार गरिएकाले पहिरो नियन्त्रणका लागि जुट नेट बिच्छाउन थालिएको हो।

भरतपुर महानगरपालिका वडा नम्बर–२९ मा पर्ने सेतीदोभानमा अहिले जुट नेट बिच्छाउने काम भइरहेको इन्जिनियर खनालले जानकारी दिए।

इन्जिनियर खनालका अनुसार सेतीदोभान बाहेक सिमलताल र जलबिरेदेखि मुग्लिनसम्मका अधिकांश क्षेत्रमा जुट नेट बिच्छाइनेछ। उनले भने, ‘अघिल्लो वर्ष चोरखोलादेखि कालीखोलासम्मको क्षेत्रमा धेरै पटक पहिरो गएर सडक अवरुद्ध भयो। यसपटक जैविक प्रविधि अपनाई पहिरो नियन्त्रण गर्न खोजिएको हो।’ 

ती क्षेत्रमा अन्य स्थानको तुलनामा धेरै क्षेत्रफलमा पहरो काटिएको र चट्टानको बनोट कमजोर रहेकाले पहिरोको जोखिम हुने गरेको उनले बताए।

अघिल्लो वर्ष २३ किलो र भालुढुंगामा मात्रै जुट नेटको प्रयोग गरिएको थियो। ती क्षेत्रमा प्रयोग गरिएका जुट नेट तत्कालीन समयमा प्रभावकारी देखिएको र दीर्घकालीन प्रभावबारे अर्को वर्ष मात्रै थाहा पाउन सकिने खनालको भनाइ छ।

सडक निर्माणका लागि ठेक्का पाएका कम्पनीले पहिरो रोकथाम गर्न आवश्यक उपाय अवलम्बन गर्नुपर्ने सम्झौता अनुरुप हाल वुडहिल लामा जेभी र सुप्रिम रौताहा जेभीले जुट नेट बिच्छाउने काम गरिरहेका छन्।

नारायणगढ–मुग्लिन सडक खण्डभरि ३३ वटा स्थानलाई पहिरोको अधिकतम जोखिम भएको क्षेत्रका रुपमा सूचीकृत गरिएको छ। पहिरो जानसक्ने सम्भावित क्षेत्रमध्ये केही स्थान दोस्रो खण्डमा पनि पर्ने भएकाले निर्माण कम्पनी वुडहिल लामा जेभीले सेतीदोभान र सिमलतालमा जुट नेटिङको कामलाई पनि सडक निर्माणसँगै अगाडि बढाइरहेको छ।

सेतीदोभानमा जुट नेटको काम वुडहिल लामा जेभीले पेटी ठेकेदारका रुपमा बायोमेट्रिक इन्जिनियरिङ प्राइभेट लिमिटेडलाई जिम्मा दिएको छ। 

बायोमेट्रिक इन्जिनियरिङका सुपरभाइजर राजु श्रेष्ठका अनुसार अघिल्लो सातादेखि सिमलताल र सेतीदोभानमा एकैसाथ काम थालिएको हो। भीरमा चढेर नेट बिच्छाउनुपर्ने भएकाले यो काम जोखिमपूर्ण हुने उनले बताए।

जोखिमपूर्ण, आवश्यक सीप र तालिमको कमी तथा कामदारको अभावले द्रूत गतिमा काम अघि बढाउन नसकिएको सुपरभाइजर श्रेष्ठ बताउँछन्।

उनले भने,‘जुट नेटिङ गर्दा आवश्यक सामग्रीको लागत कम पर्छ। तर जोखिमपूर्ण काम भएकाले कामदार पाउन मुस्किल छ। यदि, पाइहाले पनि पारिश्रमिक धेरै दिनुपर्छ।’

निर्माण सम्झौताअनुसार सडक निर्माण गरिसक्नुपर्ने अन्तिम मितिमा जुट नेटिङको काम पनि सक्नुपर्ने इन्जिनियर खनाल बताउँछन्।

प्रकाशित मिति: आइतबार, फागुन २७, २०७४  ०३:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्