काठमाडौं- सडक बोर्ड नेपाल मिनिभवन, काठमाडौंले खुर्कोट–सिन्धुली–बर्दिबास सडक खण्डमा चल्ने सवारी साधानसँग सडक दस्तुर संकलनको जिम्मा भिषण कन्स्ट्रक्सनलाई दिने भएको छ।
बोर्डले यो सडक खन्डमा चल्ने सवारी साधनहरुबाट नेपाल राजपत्रमा तोकिएको सडक उपभोग दस्तुर संकलनका लागि भिषण कन्स्ट्रक्सनसँग सम्झौता गर्न लागेको हो।
बोर्डले २०६७ पुस ६ गतेबाट २०७८ पुस ५ गतेसम्म दुई वर्षका लागि सडक दस्तुर संकलनको लागि भिषण कन्स्ट्रक्सनलाई ७ दिने भित्र सम्झौता गर्न आउने भन्दै सूचना प्रकाशन गरेको हो।
बोर्डले ९ करोड ४२ लाख ५२ हजार ४ सय ३० रुपैयाँमा भिषणसँग सम्झौता गर्न लागेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।