विश्वको खतरनाक एयरलाइन्समा तारा एयर

नेपाल लाइभ | २०७६ मङ्सिर १८ बुधबार | Wednesday, December 04, 2019 ११:४२:०० मा प्रकाशित

काठमाडौं– संसारका खतरनाक एयरलाइन्सहरुमा नेपालको दुईवटा एयरलाइन्स परेका छन्। जसमा नेपालको दुर्गगम क्षेत्रमा उडान गर्दै आएको तार एयर र सरकारी स्वामित्वको नेपाल एयरलाइन्स रहेका छन्।

विश्वको चर्चित म्याग्जिन फोर्ब्सले गरेको अध्ययनमा सन् २०१९को खतरनाक एयरलाइन्समा स्वर्गीय पर्यटन व्यवसायी आङछिरिङ शेर्पा परिवारको लगानीमा रहेको तार एयर नम्बर १ मा परेको हाे।

यसैगरी सरकारी स्वामित्वकै राष्ट्रिय ध्वजवाहक नेपाल एयरलाइन्स पनि खतरनाक एयरलाइन्सको सूचीमा रहेको छ। फोब्र्सले ७ वटा ताराको मापन मान्दै गरेको अध्ययनमा तारा एयर खतरनाक एयरलाइन्सको सूचीमा परेको हो। तारा एयरले ७ तारा मध्ये एक तारा मात्रै पाउँदै विश्वकाे नम्बर १ खतरनाक एयरलाइन्समा परेको फोब्र्सको अध्ययनले देखाएको छ।

यसैगरी दोस्रोमा नेपाल एयरलाइन्स रहेको छ भने तेस्रोमा एरियान अफगान एयरलाइन्स  परेको छ। साथै चोथौमा ब्लुइङ एयरलाइन्स, पाँचौंमा काम एयर, छैठौमा ट्रिगान एयर र सातौंमा एससिएटी रहेको फोब्र्सको अध्ययनमा उल्लखे छ।