काठमाडाैं- नेपाल पर्यटन बाेर्डकाे प्रमुख कार्यकारी अधिकृत (सिइओ)का लागि आवेदन माग गरिएकाे छ। वर्तमान सिइओ दीपक राज जाेशीकाे चार बर्से कार्यकाल आगामी पुष ७ गते समाप्त हुने भएकाले नयाँ सिइओका लागि आवेदन माग गरिएकाे हाे।
३५ देखि ६० वर्ष उमेरभित्रका स्नाकाेत्तर गरेका व्यक्तिले आवेदन दिन सक्ने छन्। सूचना जारी भएकाे मितिले २१ दिनभित्र आवेदन दिन सकिने बाेर्डले जनाएकाे छ। न्यूनतम नाै जनाकाे दरखास्त नपरेमा पुन: आवेदन माग हुनेछ।
थप जानकारीका लागि तलकाे सूचना हेर्नुहाेस्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।