• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

नामसिंहले यसरी बनाएका थिए, नेपालबाट पहिलो ओलम्पिक खेल्ने इतिहास

64x64
नेपाल लाइभ शनिबार, फागुन २६, २०७४  ०२:३५
1140x725

सन् १९४५ मा दोस्रो विश्वयुद्ध समाप्त भएपछि मलेसियामा ठूलो हाहाकार मच्चियो। आर्थिक जर्जरताले यहाँका मान्छे धमाधम मर्न थाले। यो अवस्था रोक्न बेलायती सरकारले निर्णय लियो, मलेसियामा रहेको टिन तथा रबर फ्याक्ट्रीमा लगानी गर्ने। ३ वर्षको प्रयासपछि मलेसियाको आर्थिक अवस्थामा केही सुधारको लक्षण देखिँदै थियो। त्यहाँको कम्युनिस्ट पार्टीका गुरिल्लाहरूको संगठन ‘मलायन नेसनल लिबरेसन आर्मी’ ले १६ जुन, १९४८ मा युरोपका वृक्षरोपण कार्यक्रमका ३  पदाधिकारीको पेराकस्थित सुन्गाइँ सिपुटमा हत्या गर्यो। घटनाबाट अतालिएको बेलायतले कम्युनिस्ट गुरिल्ला तह लगाउन सेनामा थप आर्मी भर्ती गर्ने निर्णय गर्‍यो।

यति नै बेला स्याङ्जा मनकामना गाविसका एक अधबैंसे ठिटो केशबहादुर थापा आफ्नो पाँचवर्षे छोरासहित परिवारलाई देशमै छोडेर बेलायती सेनामा भर्ना भए। 

वास्तवमा सन् १९६४ मा टोकियो ओलम्पिक खेल्ने पहिलो नेपाली बक्सरको इतिहास बनाएका नामसिंह थापाको कहानी यहीँबाट सुरु हुन्छ। 

उनी दूधेबालक हुँदै बुवा केशबहादुर ‘सेकेन्ड सिक्स जिआर’ मा भर्ना हुन मलेसियाको पेराक इपो पुगेका थिए। तर, ३ वर्ष छोटो ड्युटीपछि रमाइलो घटना भयो। सामान्यतया बेलायती सेनामा प्रवेश गरेको १५ वर्षको अवधिभित्र सेनाले एकपल्ट आफ्नो परिवारलाई आफूसँगै ल्याउने अनुमति दिन्छ। केशबहादुरले सेनामा भर्ती भएको छोटो समयमै श्रीमतीसहित ८ वर्षे छोरा नामसिंहलाई मलेसिया ल्याउने स्वीकृति पाए। त्यतिबेला थापा परिवारको आर्थिक अवस्था सन्तोषजनक थिएन। त्यसैले केशबहादुर चाहन्थे, छोरालाई आर्मी क्याम्पमै राखेर पढाउने। नभन्दै आफ्नो छोरा नामसिंहलाई राखे पनि। 

तर, ३ वर्ष पेराक इपो बसेपछि घरायसी कामले आमा नेपाल फर्किनुपर्ने भयो। १२ वर्षको फुच्चे उमेरमै नामसिंहको बिछोड भयो, आमासँग। पल्टनको नियम थियो, सिपाहीका छोराछोरीले ३ वर्षमात्र आर्मी स्कुलमा पढ्न पाउने। उनले १४ वर्षको उमेरसम्म पेराक इपोस्थित गोर्खा चिल्ड्रेन स्कुलमा बसेर पढे। त्यसपछि नामसिंहका बुबालाई आपत् पर्यो, छोरालाई घर फर्काउने कि के गर्ने! उनले केही नसोची १४ वर्षको छोरालाई एक्कासि सुन्गाइँ पटानीस्थित ब्वाइज कम्पनीमा भर्ती गराइदिए। यसपछि उनको बिछोड भयो, बुबासँग पनि। सुन्गाइँ पटानीको ब्रिगेड अफ गोर्खाजमा २ वर्ष ट्रेनिङ गर्ने क्रममा उनलाई सुरुमा लागेको थियो, जेलमा बसेसरह। आमाबुबाको साथ नपाउँदा उनी रातभरि रुन्थे। यही ट्रेनिङ गर्ने क्रममा उनी बक्सर भएर निस्के। ब्वाइज कम्पनीको नियम थियो, आर्मी ट्रेनिङ र अध्ययनसँगै अनिवार्य खेल्नुपर्ने। २ बजे दिउँसो सुतेपछि साढे ३ बजे खेलमैदानमा पुगेन भने त्यसले ठूलै सजाय पाउँथ्यो। त्यतिबेला ब्वाइज कम्पनीमा बास्केटबल, क्रिकेट, फुटबल, रनिङ र बक्सिङ अनिवार्य थियो। 

नामसिंहलाई फुटबल निकै मजा लाग्थ्यो। उनी सेन्टर हाफका राम्रै खेलाडीमा गनिन्थे। यहाँ उनको दैनिकी नै थियो, बिहान करिब साढे ४ बजे उठ्ने र १० किलोमिटर दौडिने। ‘हामीलाई शारीरिक रूपमा बलियो बन्न सिकाइएको थियो। त्यसैले प्रोटिनयुक्त खाना खानुपर्थ्यो।  माछा खाँदाखाँदै हैरान,’ उनी सम्झन्छन्। 

सुरुका दिन बक्सिङ ट्रेनिङमा जाँदा उनलाई अत्यास लाग्थ्यो। नलागोस् पनि किन? कुटाइ खाँदा कहिले नाक भाँचिने, कहिले मुख फुट्ने। उनी लगायत क्याम्पसमा रहेका अन्य नेपालीलाई बक्सिङ सिकाउन त्यति बेला एकजना सिनियर बक्सर मेघबहादुर राईलाई तैनाथ गरिएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

पछि कुटाइ खाँदाखाँदा नामसिंह यति जब्बर भए, ४० केजीका यी लुरे सन् १९६० मा पेनाङमा आयोजना भएको बक्सिङ प्रतियोगिताका लागि आर्मी टिमको ‘मस्क्युटो वेट’ मै छनोट भए। त्यति बेला मलेसियमा वर्षको अन्त्यतिर बक्सिङको ठूलो प्रतियोगिता आयोजना हुन्थ्यो, जसमा स्थानीय क्लबका बक्सरदेखि आर्मी टिम सहभागी हुन्थे। 

यही प्रतियोगितामा पहिलोपल्ट भाग लिन पेनाङ जाँदा एउटा रोचक घटना भएछ। नामसिंहभन्दा एक वर्ष सिनियर पुरन गुरुङ पनि प्रतियोगितामा सहभागी थिए। उनी यति बलियो बक्सर थिए, प्रतियोगिताकै क्रममा उनले पहिलो बाउटमै स्थानीय एक मलायाको करङ भाँचिदिए। दुर्भाग्य! उपचारका लागि अस्पताल लैजाँदै गर्दा त्यो मलायाको बाटोमै निधन भयो। यसपछि के चाहियो! सबै विपक्षी बक्सर आर्मीका खेलाडीसँग थुरथुर। गोर्खाली बक्सर भनेपछि भिड्नै डराउने। त्यो वर्ष १० आर्मी बक्सर सहभागी प्रतियोगितामा ८ जनाले स्वर्ण जिते। जसमा नामसिंहको पनि नाम थियो। उनले अंकको आधारमा फाइनलमा मलाया बक्सरलाई हराएका थिए। अर्को वर्ष यही प्रतियोगिताका लागि पुनः पेनाङ पुग्दा पुरन गुरुङको खेल हेर्न आएका स्थानीय दर्शक चिच्याए,‘नखेल योसँग। मार्छ यसले।’त्यति बेला बक्सिङ हेर्न पेनाङमा ठूलो भिड थियो। 

पहिलो वर्ष नै नामसिंहको प्रदर्शन राम्रो भयो। त्यसपछि आर्मीले जुनियर प्रतियोगिताका लागि उनलाई सिंगापुर खेल्न पठाउने निधो गर्यो। त्यति बेला सिङ्गापुर मलेसियाबाट छुट्टिइसकेको थिएन। आर्मी गाडीमा मलेसियाको अन्तिम बोर्डर जोहरबारु हुँदै सिंगापुर प्रवेश गर्न उनलाई ७ घन्टा लाग्यो। ‘थाकेर लोथ तर २ घन्टाको विश्रामपछि रिङमा पुगिसकेको थिएँ,’ उनी त्यो घटना सम्झन्छन्। त्यति बेला पनि उनको समूह ‘मस्क्युटो’ नै थियो। उनले सिङ्गापुरमा त्यहीँका स्थानीय मद्रासी खेलाडीलाई हराएका थिए। 

मलेसियाको आर्मी क्याम्पमा रहुन्जेल बक्सिङले उनको पिछा नछोडेको दिनै थिएन। सन् १९६० मा कम्युनिस्ट गुरिल्लासँगको युद्ध समाप्त भयो। त्यसको २ वर्षपछि उनको रेजिमेन्ट (सिक्स्थ क्विन एलिजाबेथ अन गोर्खा राइफल) हङकङ फर्किने निधो भयो। उनी आफ्नो रेजिमेन्टसँगै हङकङ फर्किए। सन् १९६२ को अक्टोबरमा हङकङको काइताक विमानस्थलमा पहिलोपल्ट अवतरण गर्दा उनी निकै खुसी थिए, अब बक्सिङ खेल्नु पर्दैन भनेर। तर, हङकङमा अर्को रमाइलो घटना भयो। आर्मी क्याम्प प्रवेश गरेको भोलिपल्टै उनले चाल पाए, त्यहाँ त मलेसियामा भन्दा उत्कृष्ट बक्सिङ प्रशिक्षक दिनहुँ अभ्यास गराउँदा रहेछन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

बिली टिंगल, अस्ट्रेलियाका पूर्व च्याम्पियन। भोलेन्टियरका रूपमा बक्सिङ सिकाउन हङकङ बसेका रहेछन्। टिंगललाई पनि दोस्रो दिन नै थाहा भयो, मलेसियाबाट आएको समूहमा नामसिंह र रामप्रसाद गुरुङ राम्रा बक्सर छन् भनेर। यसपछि उनको बक्सिङ यात्राले झन् निरन्तरता पायो। 

‘मलेसियामा सामान्य सिकाइ हुन्थ्यो। हङकङमा पूरै व्यावसायिक,’ उनी भन्छन्। हङकङमा स्टाफ सार्जन बुर्गसले शारीरिक कसरत गराउँथे। अभ्यास यति कडा हुन्थ्यो, बिहान ७ मा सुरु भएर १२ बजे सकिन्थ्यो। बक्सरहरूले ब्रेकफास्टपछि फेरि ३ देखि ६ बजेसम्म अभ्यास गर्नुपर्थ्यो। 

‘नाडी बलियो होस् भनेर काठको ठूलो खाँबा फ्याँक्थे। त्यो समाउनुपर्थ्यो,’ उनले अनुभव सुनाए। सुरुका केही महिना हात सुन्निएर राम्रोसँग सुत्न पनि सकेनन् उनी। हङकङमा नेभी, एयरफोर्स र स्थल सेना गरी ३ वटै रेजिमेन्टका बक्सरबीच वार्षिक भिडन्त हुन्थ्यो। त्यतिबेला नामसिंह फ्लाइवेट समूहमा उक्लिसकेका थिए। यो स्पर्धामा पनि आफ्नो समूहमा उत्कृष्ट ठहरिए। त्यसपछि उनलाई हङकङ आर्मीबाट प्रतिनिधित्व गराउँदै सन् १९६४ मा सिंगापुरमा आयोजना भएको ‘फार इस्टल्यान्ड फोर्सेस बक्सिङ च्याम्पियनसिप’ मा खेल्न पठाइयो। त्यहाँ उनको भिडन्त भएको थियो, ‘वान रोयल ग्रिन ज्याकेट’ का एक गोरासँग। गोरा यति बलियो, उसँग भिड्नु भनेकै मुर्खता थियो। त्यसमा पनि ऊ आफ्नौ तौल ३ केजी घटाएर फ्लाइवेटमा खेल्न आएको रहेछ। ‘हम्मे नै बनायो मोराले। पछि अंकको आधारमा जितेँ,’ उनी सम्झन्छन्। 

सिंगापुरबाट फर्किएको करिब ३ महिनापछि मेजर जेएस किनले अभ्यासकै क्रममा उनलाई भनेछन्, 'नेपालले ओलम्पिकमा भाग लिँदै छ। तिमीहरू खेल्न जानुपर्छ।' 

त्यतिबेला नामसिंहलाई ओलम्पिक भनेको थाहा थिएन। सोचेछन्, यहीँ खेलिरहेको जस्तै त होला नि। तर, गोराले ट्रेनिङमा यति पेलायो, अन्त्यमा आन्तरिक प्रतिस्पर्धापछि नामसिंहसहित ४ बक्सर टोकियो ओलम्पिकका लागि छनोट भए। त्यतिबेला प्रशिक्षक टिंगल नामसिंहको मेहनतबाट निकै प्रभावित थिए। भन्थे, 'तेरो राम्रो सम्भावना छ।' 

नामसिंहसहित ४ नेपाली बक्सर हङकङबाट ओलम्पिक खेल्न टोकियो उडेको घटना कम रोचक छैन। त्यतिबेला उनीहरू आफ्नै ‘रोयल एयर फोर्स’ कार्गो हर्कुलसमा सामानझैँ खाँदिएर जापान लागेका थिए। जापान जाने क्रममा कार्गो प्लेन तेल हाल्न भियतनामको साइकोनस्थित ओकिनावा एयरवेसमा ६ घन्टा रोकिएको थियो। त्यति बेला उनीहरू आर्मीकै पहिरनमा थिए। यी ४ बक्सरसँगै ओलम्पिकमा भाग लिएका मेजर जेएस किन, सर्जेन्ट बुर्गेस र डब्लुई टिंगेल भने छुट्टै एयरलाइन्स पक्रेर जापान पुगेका थिए मेजर किन बक्सिङ टोलीका व्यवस्थापक, बुर्गेस ट्रेनर र टिंगेल प्रशिक्षकका रूपमा टोकियो ओलम्पिकमा सहभागी थिए। 

‘ओकिनावा  एयरबेसमा आएपछि कपडा फेरेर जापान लाग्यौं,' उनी भन्छन्। नेपाली बक्सरलाई ओलम्पिक खेल्न हङकङमै ब्लेजर र कपडा पठाइएको थियो। त्यहीँ उनीहरूको नाप अनुसारको पोसाक सिलाउने काम भयो। नामसिंहले नेपालबाट ओलम्पिकमा दौडिन गएका म्याराथन धावक गंगाबहादुर थापामगर र भूपेन्द्र सिलवाललाई पहिलोपल्ट ओलम्पिक भिलेजमा देखेका थिए। 

नामसिंहले पहिलो खेल नै बाई पाए। तर, अन्तिम १६ को भिडन्तमा उनी अमेरिकी बक्सर रोबर्ट जोन कार्मोडीसँग आरएसीका आधारमा पराजित भए। कार्मोडी अमेरिकाका चर्चित बक्सर जोए फ्रेजरका निकट साथी हुन्। उनले टोकियो ओलम्पिकको फ्लाइवेटतर्फ कास्य जितेका थिए। पछि भियतनाम युद्धमा साइगोनमा उनको हत्या भयो। 

‘त्यो दिन मेरो दुर्भाग्य। पहिलो बाउटमा उनलाई रिङमा चेपेको थिएँ तर राम्रो छल्ने रहेछ। पूरै थकायो मोराले। दोस्रो बाउटमा मलाई लडायो,’ उनी सम्झन्छन्।

टोकियो ओलम्पिकमा सबैभन्दा राम्रो प्रदर्शन ओमप्रसाद पुनको भयो। उनले लाइटवेल्ट र वेटमा इथियोपियाका गुइब्रे जियोग्रिसलाई पहिलो स्पर्धामा हराएका थिए। दुर्भाग्य! दोस्रो स्पर्धामा उनी ट्युनिसियाका गाहिल्हयासँग पराजित भए। नेपालले आफ्नो पहिलो ओलम्पिक सहभागितामा कुन बक्सरले पदक जित्न सकेन। तर, आफ्ना खेलाडीको प्रदर्शनबाट प्रशिक्षक टिंगल भने खुसी देखिन्थे। 

खेल हारे पनि नेपालबाट गएका पदाधिकारीले त्यति बेला उनीहरूलई दुःखी नहुन आग्रह गरेका थिए। र, भनेका थिए, ‘अर्को ओलम्पिकका लागि ट्रेनिङ गर्नू।’ तर, नेपालले अर्को ओलम्पिकमा भाग लिएन। 

टोकियो ओलम्पिकमा सहभागी भएपछि नामसिंह नेपाल फर्किए। १० वर्ष लामो अन्तरालपछि स्याङ्जामा आमालाई भेट्दा उनको आँसु नै थामिएन। घ्वाँघ्वाँ रोएछन्। ७१ वर्षीय नामसिंह अहिले हङकङ बस्छन्। 

केही समयअघि नेपाल आउँदा भेटिएका नामसिंह भन्दै थिए, ‘टोकियो ओलम्पिकमा हाम्रो टिमको व्यवस्थापक किनलाई भेट्न म ५ वर्षअघि स्विट्जरल्यान्ड गएको थिएँ। बूढा बिरामी थिए। मलाई देखेर दंग परे।’

प्रकाशित मिति: शनिबार, फागुन २६, २०७४  ०२:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्