• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

मधेस आन्दोलनका सहिद परिवारको प्रश्न– कहिले दिन्छौ ५० लाख?

64x64
नेपाल लाइभ शुक्रबार, फागुन २५, २०७४  १५:५४
1140x725

राजविराज– प्रदेश सीमांकनसहितका मुद्दामा असन्तुष्टि जनाउँदै २०७२ साउन ३० मा तत्कालीन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले साउन ३१ र ३२ का लागि बन्दको आह्वान गर्‍यो। प्रस्तावित संविधानको मस्यौदा पुनर्लेखन र स्वायत्त मधेस प्रदेशको मागसहित आह्वान गरिएको बन्दले सप्तरीको जनजीवन प्रभावि हुँदै गयो।

भदौ १ को आन्दोलनमा प्रहरीले हस्तक्षेप गर्दा भारदह १ का २८ वर्षीय राजीव राउतले ज्यान गुमाए भने दर्जनौं आन्दोलनकारी घाइते भए। घटना लगत्तै मोर्चाले आह्वान गरेको अनिश्चितकालीन बन्दले सप्तरी लगायत तराई मधेसको जनजीवन अस्तव्यस्त बन्दै गयो। मधेस आन्दोलन उत्कर्षमा थियो। यसैक्रममा भदौ २ मा मोर्चाका तर्फबाट ‘आन्दोलनका क्रममा मृत्यु हुनेका परिवारलाई ५० लाख दिने’ घोषणा आयो।

मोर्चाको घोषणापछि विभिन्न प्रतिक्रिया आए। संसद् बैठकमा चर्चा भयो। मधेसी मोर्चाले गरेको निर्णयबारे संसदलाई अविलम्ब यथार्थ जानकारी गराउन सभामुख सुवास नेम्वाङले सरकारलाई रुलिङ नै गरे।

तर, तत्कालीन सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भने आन्दोलनका लागि गरिब किन्न नभई सहिदको सम्मान गर्न यस्तो प्रतिबद्धता गरिएको भन्दै निर्णयको बचाउ गरिरहे।

‘आन्दोलनमा लाग्नेहरुको हामीले जिम्मा लिनुपर्छ, मृतक परिवारलाई हामीले नै हेर्ने हो,’ महतोले दिने जवाफ हुन्थ्यो, ‘सरकारले आन्दोलन दबाउन खोजिरहेको छ, त्यसैले सहिद हुनेको परिवारलाई ५० लाख दिने प्रतिबद्धता गरिएको हो।’

सहिद पिताम्बर मण्डलकी श्रीमती र छोरा


मोर्चाको यो घोषणापछि आन्दोलनले अझ तीव्रता पायो। संविधानप्रतिको असहमति र सीमांकनको मुद्दाबाट सुरु भएको मधेस आन्दोलनकै क्रममा भारतले नाकाबन्दी समेत लगायो।

Ncell 2
Ncell 2
nimb
nimb

०७२/०७३ मा सप्तरीको मलेठ, रुपनी, राजविराज, भारदह तथा तराई/मधेसका अन्य विभिन्न जिल्ला समेतमा गरी प्रहरीसँग भएका झडपमा दर्जनौं आन्दोलनकारी र सर्वसाधारणले ज्यान गुमाए। यसैक्रममा ६ मधेसवादी दल एक भएर नयाँ पार्टी राष्ट्रिय जनता पार्टी (राजपा) ले जन्म लियो।

मोर्चाको आन्दोलनकै बीचमा सरकारले चुनावको घोषणा गर्यो, अन्ततः आन्दोलनले विस्तारै रुप परिवर्तन गर्‍यो र सहमतिको वातावरण बन्दै गएपछि राजपा र संघीय समाजवादी फोरम नेपाल चुनावमा सहभागी भए। 

चुनावको मुखमा पनि राजपाले ५० लाखको कुरालाई दोहोर्‍यायो। २०७४ मंसिर ७ मा महोत्तरीमा आयोजित पार्टीको घोषणापत्र सार्वजनिक कार्यक्रममा राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले घोषणापत्रमा ५० लाख दिने कुरा उल्लेख नभए पनि प्रदेश २ मा आफ्नो सरकार बन्ने निश्चित भएकाले प्रादेशिक सरकारद्वारा उक्त रकम सहिद परिवारलाई उपलब्ध गराउने प्रतिबद्धता दोहोर्‍याए।

अहिले, समय फेरिएको छ। तीन चरणका निर्वाचन सम्पन्न भए, महतोको दाबी अनुसार प्रदेश २ मा मधेस आन्दोलन नेतृत्वकर्ता (संघीय समाजवादी र राजपा गठबन्धन) को बहुमत छ। संघीय समाजवादी फोरम नेपालका तर्फबाट मो. लालबाबु राउत प्रदेश २ का मुख्यमन्त्री छन्। सरकारले पहिलो बैठकबाटै सहिद परिवारका एक सदस्यलाई रोजगारी दिने निर्णय भयो। जसले सहिद परिवारमा एक प्रकारका आशा सञ्चार भयो। तर, ५० लाख रुपैयाँ दिने प्रतिबद्धता चाहिँ विस्तारै ओझेलमा पारिँदै गयो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सहिद सञ्जन मेहताका बुबा


केही नेताले आन्दोलन र चुनाव ताका गरेका प्रतिबद्धता बिर्सेको छैन भनेर अभिव्यक्ति दिँदै आए पनि निर्णायक तहमा भने यसको चर्चा शून्य नै छ। सत्ता गठवन्धनको नेतृत्व गर्ने संघीय समाजवादीकै केन्द्रीय स्तरका नेताहरु ५० लाखको प्रतिबद्धलाई हावादारी भन्न थालेका छन्। 

‘सहिद परिवारको व्यवस्थापन र भरण–पोषण मुख्य कुरा हो,’ एक नेताले भने, ‘त्यस मानेमा हामी प्रतिबद्ध छौं, तर ५० लाख वितरण गर्ने कुरा वाइयात हो।’ पैसा बाड्नु मात्रै ठूलो कुरा नभई सहिद परिवार र घाइतेहरुको व्यवस्थापन र भरणपोषण महत्वपूर्ण भएको भन्दै उनले थपे, ‘५० लाख बाँड्ने कुरा हामीलाई थाहा पनि छैन।’

प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले पनि पैसा वितरण गर्ने कुरा सरकारको प्राथमिकतामा नरहेको बताए। उनी भन्छन्, ‘सहिद परिवारको रोजगारी, शिक्षादिक्षा र घाइतेको उपचारका विषयमा सरकार गम्भीर छ। यो कुराको झलक हामीले पहिलो बैठकबाटै दिएका छौं।’ 

उनले सहिद प्रतिष्ठानको स्थापना गरी त्यसैमार्फत सहिद परिवारलाई हरेक क्षेत्रमा सहुलियत दिने कुरामा पनि सरकारले खाका तयार गरिरहेको जनाए। भने, ‘कार्ड प्रणाली लागू गरेर सहिद परिवारलाई राज्यका सबै निकायमा छुट र सहुलियत दिनेगरी काम अघि बढ्छ।’

तर, आन्दोलनमा ज्यान आहुती दिएका सहिदका परिवारले भने ५० लाखको आशा मारिसकेका छैनन्। ‘सहिद परिवारलाई रोजगारी दिने निर्णय गरेर सरकारले हामीमाथि ठूलो गुन लगाएको छ,’ मलेठ घटनामा मारिएका पिताम्बर मण्डलका ८५ वर्षीय बुबा गोसाई मण्डल भन्छन्, ‘अब ५० लाख दिए, अलिकति जग्गा किनेर घर बनाउथेँ।’

छोरो मारिएपछि बुहारी शोमनीदेवी र नातीहरु भोलाप्रसाद र दयानन्दले वनिबुतो गरेर बिहान–बेलुका हातमुख जोर्ने र बिरामी हुँदा ओखतीमुलोको व्यवस्था मिलाएको बताउँदै उनले अर्काको जग्गामा भएको झुप्रो घर पनि लड्न लागेकाले बाँसको टेको लगाएर अड्याउनु परेको गुनासो गरे। 

‘फागुन चैतको हुरीले घर उडाउला कि भन्ने डर छ। त्यो पैसा पाए बुहारी र नातिलाई घर बनाइदिएर ढुक्कले मर्न पाउथें,’ उनले भने।

उनी मात्र होइन, मलेठ घटनामा मारिएका सञ्जन मेहता तथा विरेन्द्र महतोको परिवारले पनि ५० लाखको कुरालाई बिर्सिएको छैन। उक्त रकम पाउने आशामा सबैले आ–आफ्नै योजना बनाएका छन्। विरेन्द्र महतोकी पत्नि रञ्जनाकुमारी भन्छिन्, ‘४ वटै छोराछोरी साना छन्। अलिकति पैसा बैंकमा राखिदिन पाए यिनीहरुको पढाइ–लेखाइको चिन्ता गर्नुपर्ने थिएन।’ उक्त घटनामा इनरदेव यादव र आनन्द साहको पनि मृत्यु भएको थियो।

सहिद विरेन्द्र महतोको परिवार


यसैक्रममा फागुन २३ मा राजपाले मलेठमै ‘प्रथम पुण्य तिथि तथा श्रद्धाञ्जली सभा’ गर्यो। सभालाई सम्बोधन गर्दै अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले मधेस आन्दोलनका सहिद परिवारको जिम्मेवारी प्रदेश सरकार र मधेसी दलहरुको भएको बताउँदै ५० लाख दिने बाचा आफूले नबिर्सेको दोहोर्याए।

‘५० लाखबारे मलाई स्मरण छ,’ उनले भने, ‘प्रदेश सरकार व्यवस्थित हुँदै गएपछि हामी त्यो कुरा पनि कार्यान्वयन गर्छौं।’ 

उनले सांसद, मन्त्रीसहित लाभका पदमा जानेहरुको पहिलो पारिश्रमिक लिएर सहिद परिवार कल्याण कोष स्थापना गर्ने योजना समेत सुनाएर गए।

महतोको यो भनाइले सहिद परिवारमा पुनः आशाको सञ्चार गराएको छ। पिताम्वरका पिता गोसाई प्रश्न गर्छन्, ‘५० लाख चैं कहिलेदेखि बाँड्छन्?’ 

तर, कतिपयले भने ५० लाख दिने कुरालाई असम्भव जस्तै बुझेका छन्। ‘अहिले पनि नेताहरुले दिन्छौं भन्न छोडेका छैनन्,’ स्थानीय कपलेश्वर यादव भन्छन्, ‘तर उनीहरुकै कुराबाट ५० लाखको कुरा असम्भव बुझिन थालेको छ।’ 

प्रदेश सरकारले प्रतिव्यक्ति ५० लाखका दरले रकम दिन दिन स्रोत जुटाउनै नसक्ने दाबी गर्दै उनले थपे, ‘विकाश निर्माणको सबै पैसा सिद्याउने कुरा हुँदैन, ५० लाखको आशा प्रतिबद्धतामै सीमित होला जस्तो छ।’

प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०७४  १५:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्