काठमाडौं- नेपाल बैंकर्स संघको अध्यक्षमा सानिमा बैंकका सिईओ भुवन दाहाल चयन भएका छन्।
संघले नयाँ संचालक समितिका लागि मागेको आवेदनमा अध्यक्ष दाहालसहित सबै पदाधिकारी निर्विरोध चयन भएका छन्। संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माका अनुसार संघको उपाध्यक्षमा नेपाल एसबिआई बैंक लिमिटेडका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत अनुकुल भटनाकरको आवेदन परेको छ। भटनाकर संघको अहिलेको कार्यकालमा पनि उपाध्यक्ष थिए।
त्यस्तै सदस्यहरुमा एनसीसी बैंकका सिईओ रमेशराज अर्याल, एनएमबी बैंकका सिईओ सुनिल केसी, मेगा बैंकका सिईओ अनुपमा खुन्जेली, सनराईज बैंकका सिईओ जनक शर्मा पौड्याल, र नेपाल बैंकका सिईओ कृष्ण बहादुर अधिकारीले मनोनयन दर्ता गराएका छन्।
त्यस्तै यो कार्यकालका सदस्य सिभिल बैंकका सिईओ गोविन्द गुरुङ्ग र माछापुच्छ्रे बैंकका सिईओ सुमन शर्मालाई नयाँ कार्यकालका लागि पनि निरन्तरता दिईएको छ।
संघको पदाधिकारीका लागि मंगलबार मनोनयन दर्ता भएपनि संचालक समितिमा प्रस्ताव भने बिहीबार मात्रै लगिनेछ। समितिले प्रस्ताव पारित गरेपछि सपथ ग्रहण पनि बिहीबार नै हुने शर्माले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।