• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २३, २०८३ Mon, Nov 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

भारतमा मारुतीको कार बिक्री २ करोड नाघ्यो, यस्तो छ कार उत्पादनको रोचक इतिहास

64x64
नेपाल लाइभ मंगलबार, मंसिर १७, २०७६  १७:०७
1140x725

काठमाडौं- भारतको सबैभन्दा ठूलो कार उत्पादक कम्पनी मारुती सुजुकीको कार बिक्री २ करोड नाघेको छ। आइतबार कम्पनीले भारतमा हालसम्म आफ्नो कार उत्पादन २ करोड (२० मिलियन) नाघेको उल्लेख गरेको छ। 

कम्पनीले भारतमा १४ डिसेम्बर १९८३ मा पहिलो कार उत्पादन गरेको थियो। त्यसको करिब ३७ वर्षपछि मारुतीले उक्त उपलब्धी हासिल गरेको हो। ३७ वर्षअघि मारुतीले आइकोनिक कार मारुती ८०० उत्पादन गरेको थियो। 

मारुतीले २९ वर्षको अवधिमा १ करोड कार बिक्री गरेको थियो भने अर्को १ करोड कार ८ वर्षमै बिक्री गरेको हो। कम्पनीको यो उपलब्धी कोषेढुंगा नै भएको मारुती सुजुकी इन्डियाका प्रबन्ध निर्देशक तथा सिइओ किनिची आयकावाको भनाइ छ। 

मारुती सुजुकी इन्डियाको माउ कम्पनी सुजुकी मोटर कर्पोरेसनले भारतमा साना इलेक्ट्रिक कार ल्याउने योजनालाई तिव्रता दिएको छ। कम्पनीले ५० वटा इलेक्ट्रिक सवारीको प्रोटोटाइप परिक्षण गरिरहेको छ। 

यस्तो छ इतिहास
कुनै समय निकै चर्चित ‘स्मल ह्याचब्याक’ कार नेपाली बजारमा पनि सर्वाधिक बिक्री हुने मोडलमध्येमा पर्छ। मारुती ८०० नेपाली सडकमा ट्याक्सीको रुपमा एकछत्र प्रयोग भएको छ। मारुती ८०० पछिल्लो समय अल्टो नाममा स्तरोन्नती भई बजारमा उपलब्ध रहेको छ। यो कार ट्याक्सीका साथै कारका रुपमा समेत नेपाली उपभोक्ताको रोजाइमा रहेको छ। 

भारतको गान्धी परिवारले स्थापना गरेको यो उद्योग संजय गान्धीको सोच र सक्रियतामा स्थापना भएको थियो। यो कम्पनी स्थापनाकालताका संजय गान्धी नै कम्पनीको प्रबन्ध निर्देशक थिए। 

सन् १९७१ मा स्थापना भएको मारुती उद्योग लिमिटेड आज भारतको सर्वाधिक सफल अटोमोबाइल कम्पनी भएको छ। प्यासेन्जर कार कम्पनीमा मारुती सुजुकी ५० प्रतिशतभन्दा बढी बजार हिस्सा सहित लोकप्रिय रहेको छ। पिपुल्स कार निर्माण गर्ने सोच अनुरुप संजयले रोल्स रोयसको जागिर त्यागेर भारत फर्के अनि उक्त कम्पनी स्थापना गर्न सफल भए।  

तर संजयको गाडी उत्पादन गर्ने सपना भने पुरा भएन। सन् १९८० मा संजय गान्धीको निधन भएपछि सन् १९८१ मा जापानी गाडी उत्पादक कम्पनी सुजुकीले मारुती कम्पनीसँग साझेदारी गरेको हो। त्यसपछि सन् १९८३ डिसेम्बर १४ तारिखबाट गाडीको उत्पादन सुरु भयो। 

Ncell 2
Ncell 2
nimb
nimb

सुरुवाती समयमा मारुती ८००को मूल्य ४७ हजार ५ सय भारु राखिएको थियो। भारतमा उत्पादन भएको पहिलो ह्याचब्याक कार ७ सय ९६ सिसी इन्जिन क्षमतामा बजारमा आएको थियो। जापानी प्रविधिसहितको इन्जिन दिइएको उक्त कारमा ४ जनाले सजिलै यात्रा गर्न सक्थे। फ्रन्ट ह्विल ड्राइभ, डिस्क ब्रेक, फ्लोर सिफ्ट गियर, बकेट सिट, प्लास्टिक मोल्डेड ड्यासबोर्ड जस्ता विशेषता रहेको यो कार बजारमा आएसँगै भारतीय बजारका चर्चित कार पद्मीनी र एम्बेस्डरको बिक्रीमा गिरावट आएको थियो। 

अहिले आइपुग्दा पद्मीनी र एम्बेस्डर दुबै मोडल बन्द भएका छन्। हिन्दुस्तान मोटर्सको ब्रान्ड एम्बेस्डर प्रान्सेली कम्पनी पिएसएले खरिद गरी केही सयमपछि बजारमा ल्याउने तयारी गरेको छ। मारुतीले सन् १९८४ मा मारुती भ्यान सार्वजनिक गर्‍यो। त्यसपछि क्रमिकरुपमा आएका मारुतीका कारले भारतीय बजारमा निकै ठूलो बजार हिस्सा पाउन सफल भयो।

मरुतीको पहिलो कार अहिले बजारमा अल्टो ८०० को नामबाट बिक्री भइरहेको छ। सन् २०१३ मा कम्पनीले मारुती ८०० को आधिकारिक रुपमा उत्पादन बन्द गरेको थियो। भारतमा लागु भएको नयाँ प्रदूषण मापदण्डमा उक्त मोडल परिमार्जन गर्नुपर्ने भएपछि बन्द भएको हो। मारुतीले मारुती८०० लाई विस्थापित गरी अल्टो८०० बजारमा ल्याएको हो। 

मारुती ८०० मोडल २८ लाख ७० हजारवटा उत्पादन भएकोमा भारतमा मात्रै २६ लाख ६० हजारवटा बिक्री भएको थियो भने भारत बाहिर २ लाख १० हजारवटा बिक्री भएको थियो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

हाल भारतमा मारुतीका दुई दर्जनभन्दा बढी मोडल बिक्री हुँदै आएको छ। नेपाली बजारमा समेत मारुती सुजुकीका अल्टो, भिटारा ब्रेजा, बलेनो, स्विफ्ट, डिजायर, इग्निस, इर्टिगालगायत कार रोजाइमा रहेको छ।

प्रकाशित मिति: मंगलबार, मंसिर १७, २०७६  १७:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पृथ्वी राजमार्ग आज पनि अवरुद्ध
बसुन्धारामा कारको ठक्करबाट एक महिलाकाे मृत्यु
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
पृथ्वी राजमार्ग आज पनि अवरुद्ध सोमबार, कात्तिक २३, २०८३
बसुन्धारामा कारको ठक्करबाट एक महिलाकाे मृत्यु आइतबार, कात्तिक २२, २०८३
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
लक्ष्मीपूजाकै दिन स्ट्याण्डर्ड चार्टर्ड बैंकको एटिएम बन्द आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
देवकोटा : नेपाली साहित्यका मिथक आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन राजेश कुमार कर्ण
सबै हेर्नुहोस
ब्लग
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
त्रासबीच बसेकाे नेपाल सरकारका सचिवहरूकाे बैठकका सात निर्णय (निर्णयसहित) सोमबार, कात्तिक १६, २०८३
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्