• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २३, २०८३ Mon, Nov 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

जापान रोजगारी : नर्सिङ केयरका लागि अक्टोबरमा भएको भाषा परीक्षामा १ जना मात्रै पास, सीप परीक्षामा सबै फेल 

64x64
नेपाल लाइभ मंगलबार, मंसिर १७, २०७६  १६:०९
1140x725

काठमाडौं- नर्सिङ केयर कामका लागि जापान जानेहरुलाई जापान फाउण्डेसनले गत अक्टोबरमा लिएको जापानिज भाषा परीक्षाको नतिजा सोमबार सार्वजनिक गरेको छ। फाउण्डेसनले लिएको भाषा परीक्षामा १ जना परीक्षार्थी मात्र उत्तीर्ण भएका छन् भने सीप परीक्षणमा सहभागी सबै परीक्षार्थी अनुत्तीर्ण भएका छन्। 

जापानले गत अक्टोबर १७, १८ र १९ मा पहिलो चरणको भाषा परीक्षा सञ्चालन गरेको थियो।  जापान फाउण्डेसनले भाषा परीक्षामा सामेल हुन इच्छुकहरुलाई आवेदन माग गरी लक्की ड्रमार्फत छनोट गरेको थियो। लक्की ड्रमार्फत छनोट भएकाहरुलाई भाषा परीक्षा र सीप परीक्षणमा सामेल गराएको थियो। 

नर्सिङ केयर जापानिज ल्याङ्ग्वेज इभ्यालुएसन टेस्ट अर्थात् भाषा परीक्षामा १२ जना परीक्षार्थीहरु सामेल भएका थिए। जसमध्ये १ जनामात्रै उत्तीर्ण भएको फाउण्डेसनले उल्लेख गरेको छ। 

नर्सिङ केयर स्किल इभ्यालुएसन टेस्टमा १५ जना सहभागी भएकामध्ये उत्तीर्णको संख्या शून्य छ।  जापानले पहिलो चरणमा कम्प्युटर बेसमा आधारित परीक्षा लिएको थियो। 

कुन मूलुकबाट कति उत्तीर्ण 

फाउण्डेसनले नर्सिङ केयरका लागि नेपालसँगसँगै  फिलिपिन्स, कम्बोडिया, इन्डोनेसियामा लिएको भाषा परीक्षा र सिप परीक्षणको नतिजा एकैपटक सार्वजनिक गरेको छ। भाषा परीक्षामा फिलिपिन्सबाट ४७ जना सहभागीमध्ये ३८ जना उत्तीर्ण भएका छन्। सिप परीक्षामा ५३ जना सहभागीमध्ये ४२ जना उत्तीर्ण भएका छन्। 

कम्बोडियाबाट जापानीज भाषा परीक्षामा १ सय १० जना सहभागीमध्ये ६ जना उत्तीर्ण भएका छन्। सिप परीक्षामा १ सय १४ सहभागीमध्ये ४ जना उत्तीर्ण भएका छन्। इन्डोनेसियाबाट भाषा परीक्षामा सहभागी भएका ४६ जनामध्ये १७ जना उत्तीर्ण भएका छन्।  सीप परीक्षामा सहभागी ४६ मध्ये २७ जना उत्तीर्ण भएका छन्। 

अन्य मूलुकहरुको तुलनामा नेपालबाट भाषा परीक्षा र सिप परीक्षणमा सहभागी हुनेहरुको अवस्था ज्यादै नाजुक देखिएको छ।  

Ncell 2
Ncell 2
nimb
nimb

भाषा र सिप परीक्षामा उत्तीर्ण हुन कति अंक? 
जापानले लिने भाषा तथा सीप परीक्षणमा उत्तीर्ण हुन कम्तीमा ६० अंक प्राप्त गर्नुपर्दछ। ६० अंक पाएकाहरु फाउन्डेसनले सञ्चालन गर्ने स्किल टेस्टमा सामेल हुन पाउँछन्। स्किल टेस्टमा पनि ६० अंक प्राप्त गरे उनीहरु उत्तीर्ण भएको मानिन्छ। स्किल टेस्टमा उत्तीर्ण भएका परीक्षार्थीहरुले योग्यताको प्रमाणपत्र (सर्टिफिकेट अफ इलिजिबिलिटी) प्राप्त गरेपछि रोजगारीका लागि बाटो खुलेको मानिन्छ। 

के भन्छ मन्त्रालय? 
जापान फाउण्डेसनले सार्वजनिक गरेको नतिजाबारे आधिकारीक जानकारी मन्त्रालयसम्म आइनसकेको मन्त्रालयले जनाएको छ। भाषा परीक्षाको नतिजाबारे जापानबाट मन्त्रालयलाई आधिकारीक जानकारी नआइसकेको मन्त्रालयले जनाएको छ। 
मन्त्रालयका उपसचिव दिपक ढकालले जापानले लक्की ड्रमार्फत परीक्षार्थी  छनोट गरी भाषा परीक्षा तथा सीप परीक्षणमा सहभागी गराएका कारण पनि परीक्षा फल कमजोर देखिएको हुनसक्ने बताए।  

लक्की ड्रमार्फत परीक्षार्थी छनोट गर्दा पास हुन सक्ने खालका विद्यार्थीहरु छनोटमा नपर्ने समस्या हुने उनको भनाइ छ। जापानिज राजदूतावास र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर रायबीच मंगलबार मन्त्रालयमा छलफल चलिरहेको मन्त्रालयले जनाएको छ। छलफल नेपालबाट श्रमिक रोजगारीका लागि जापान पठाउने सम्बन्धमा केन्द्रित हुने जनाइएको छ। 

नेपालबाट जापानका विभिन्न १४ क्षेत्रमा कामदार लैजाने गरी नेपालका तर्फबाट तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्त सचिव रामप्रसाद घिमिरे र नेपालका लागि जापानी राजदूत मासामिचि साइगोले सहकार्यको समझदारी पत्रमा गतवर्षको चैत ११ गते हस्ताक्षर गरिसकेका छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सोही समझदारीअनुसार नै जापानले नेपालबाट पहिलो चरणमा नर्सिङ केयरमा कामदार लैजाने भएको थियो।

जापानमा कामदार संकट निम्तिएसँगै जापान सरकारले विदेशी कामदार भित्र्याउने नीति अघि सारेको छ। ५ वर्षभित्रमा नेपालसँगै चीन, इन्डोनेसिया, मंगोलिया, म्यानमार, थाइल्याण्ड, कम्बोडिया, भियतनाम, फिलिपिन्सबाट श्रमिक लैजाने जनाएको छ। यी मुलुकहरुबाट जापानले ३ लाख ४५ हजार हाराहारीमा कामदार लैजाने भएको हो। 

नेपालबाट सबैभन्दा बढी कामदार जापान पठाउन पहल गर्ने उद्घोष गरिरहेको सरकारले कुन मोडालिटीमा कामदार पठाउने भन्ने विषयमा टुंगो लगाउन सकेको छैन। 
भाषा परीक्षामा सहभागि हुने परीक्षार्थीहरुका लागि उपयुक्त भाषा प्रशिक्षण केन्द्र तथा आवश्यक सीपका लागि पनि सरकारले कुनै पहल गर्न सकेको छैन। भाषा परीक्षा तथा सीप परीक्षणको नतिजा हेर्दा नेपालबाट उल्लेख्य संख्यामा रोजगारीका लागि जापान जान सक्ने अवस्था देखिएको छैन। 

जापान कामदार पठाउने सम्बन्धमा नेपाल सरकारले बेलैमा सक्रियता देखाउन नसके नेपालीहरुको रोजगारीको अवसर गुम्ने जानकारहरु बताउँछन्।

प्रकाशित मिति: मंगलबार, मंसिर १७, २०७६  १६:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पृथ्वी राजमार्ग आज पनि अवरुद्ध
बसुन्धारामा कारको ठक्करबाट एक महिलाकाे मृत्यु
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
पृथ्वी राजमार्ग आज पनि अवरुद्ध सोमबार, कात्तिक २३, २०८३
बसुन्धारामा कारको ठक्करबाट एक महिलाकाे मृत्यु आइतबार, कात्तिक २२, २०८३
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
लक्ष्मीपूजाकै दिन स्ट्याण्डर्ड चार्टर्ड बैंकको एटिएम बन्द आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
देवकोटा : नेपाली साहित्यका मिथक आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन राजेश कुमार कर्ण
सबै हेर्नुहोस
ब्लग
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
त्रासबीच बसेकाे नेपाल सरकारका सचिवहरूकाे बैठकका सात निर्णय (निर्णयसहित) सोमबार, कात्तिक १६, २०८३
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्