काठमाडौं- गुराँस लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिले भेषबहादुर बस्नेतलाई नायब प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको जनाएको छ।
स्नातकोत्तर तह उर्तिण गरी विगत २४ वर्षदेखि लघुवित्त क्षेत्रमा कार्यरत बस्नेतले २३ वर्ष स्वावलम्वन लघुवित्तमा विभिन्न तहसहित विभागीय प्रमुखसम्म र डिप्रोक्स लघुवित्तमा ६ महिना नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्य गरेको अनुभव छ।
कम्पनीले लघुवित्त क्षेत्रलाई नजिकबाट नियालेका बस्नेतले उक्त क्षेत्रको अध्ययन गरी सहायक स्तरबाट आफ्नो सेवा सुरु गरी विभिन्न पद र विभागमा कार्य गर्दे निरन्तर र अविचलित भई कर्ममा विश्वास गर्ने व्यक्तिका रुपमा आफूलाई स्थापित गर्दे आएको जनाएको छ।
बस्नेतलाई गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिले मंसिर १३ गते देखि नायब प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरि मंसिर १५ गतेबाट लागु हुने गरी कम्पनी सचिवको समेत जिम्मेवारी दिएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।