complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

राष्ट्रिय गौरवका जलविद्युत् आयोजना किन सुस्त?

64x64
नेपाल लाइभ शुक्रबार, फागुन २५, २०७४  १२:०७
1140x725

काठमाडौं- सरकारको मुख्य प्राथमिकतामा रहेका राष्ट्रिय गौरवका आयोजनाका काम निकै सुस्त देखिएको छ। विनियोजित बजेट खर्च गर्ने सवालमा राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगति अत्यन्त न्यून देखिएको हो। जसअन्तर्गत ३ जलविद्युत् आयोजनाको कामको प्रगति पनि न्यून छ। 

आयोजना निर्माणका लागि लागत अनुमान गरिएको रकम र समय दुवै थप गर्नुपर्ने अवस्था आइपरेको अर्थमन्त्रालयले जनाएको छ। राष्ट्रिय गौरवका जलविद्युत आयोजनामध्ये माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निमार्णको अन्तिम चरणमा पुगेको छ भने अन्य आयोजनाको निमार्ण उपलब्धि शून्यप्राय छ। जग्गा अधिग्रहण, मुआब्जा विवाद, अन्तर निकाय समन्वय अभाव जस्ता समस्याले राष्ट्रिय गौरवका आयोजनाले अपेक्षा अनुसारको प्रगति हासिल गर्न नसकेको अर्थ मन्त्रालयले जनाएको छ।

सरकारले चालु आर्थिक वर्षका लागि विनियोजन गरेको बजेटको खर्च समीक्षामा प्रगति न्यून देखिएको हो।

माथिल्लो तामाकोशी जलविद्युत् आयोजन

आर्थिक वर्ष २०६५/६६ देखि निमार्ण सुरु भएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको चालु आर्थिक वर्षको पुस मसान्तसम्म ९३ प्रतिशत काम सकिएको छ। आयोजनाका लागि कुल अनुमानित लागत ३५ अर्ब २९ करोड भए पनि निर्माण अवधि थपिँदा र विदेशी विनियम दरमा पर्ने परिर्वतनका कारण माथिल्लो तामाकोशीको लागत करिब ४१ अर्ब ७२ करोड  पुग्ने अनुमान अर्ध वार्षिक समीक्षा प्रतिवेदनमा उल्लेख छ।

२०७२ चैतमा निमार्ण सम्पन्न गर्ने लक्ष्य राखिएको ४ सय ५६ मेगावाट क्षमताको यो आयोजना संशोधन भएर २०७५ पुससम्ममा सबै युनिट सञ्चालनमा ल्याउने कार्ययोजना अनुसार काम भइरहेको छ। 

चालु आर्थिक वर्षमा यस आयोजनाका लागि ५० करोड रुपैयाँ बजेट विनियोजन गरेकोमा समीक्षा अवधिसम्ममा १६ करोड ७६ लाख रुपैयाँ मात्रै खर्च भएको छ। जुन विनियोजित बजेटको ३३ दशमलव ३३ प्रतिशत मात्र हो।

बुढीगण्डकी जलविद्युत् आयोजना

Ncell 2
Ncell 2
nimb
nimb

आर्थिक वर्ष २०६९/७० मा निमार्ण कार्य अगाडि बढाई आर्थिक वर्ष २०७७/७८ मा पूरा गर्ने लक्ष्य लिइएको बुढी गण्डकी जलविद्युत् आयोजना समयमा सुरु हुनै सकेन। आयोजनाले झेल्नु परेका विविध समस्याका कारण निर्धारित समयमा निर्माण सम्पन्न हुने अवस्था नदेखिएको समीक्षा प्रतिवेदनमा उल्लेख छ। 

कुल लागत २ खर्ब अनुमान गरिएको यो आयोजनाको जग्गा अधिग्रहणका लागि चालु आर्थिक वर्षमा १० अर्ब १७ करोड ४२ लाख रुपैयाँ बजेट विनियोजित भएको थियो। जसमध्ये समीक्षा अवधिसम्ममा जम्मा १ करोड ३५ लाख रुपैयाँ मात्र खर्च भएको छ। यो कुल विनियोजित बजेटको शून्य दशमलव १३ प्रतिशत खर्च हो।

मुआब्जा वितरणमा समस्या देखिनु, बजार क्षेत्रको जग्गाको मूल्य निर्धारण हुन नसक्नु, नापी र मालपोत कार्यालयबाट समयमै कित्ताकाट गरी जग्गाको लागत नदिनु, अन्तर निकाय समन्वय नहुनु जस्ता कारणले आयोजना निमार्णले गति लिन नसकेको प्रतिवेदनमा उल्लेख छ। 

कुल १२ सय मेगावाट जडित क्षमताको यो जलविद्युत् आयोजना इपिसी (इन्जिनियरिङ, प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन) मोडलमा निर्माण गर्नका लागि आवश्यक पर्ने लगानीको खाका तयार गर्न गठित समितिको प्रतिवेदन प्राप्त भइसकेको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पश्चिम सेती जलविद्युत् आयोजना

पश्चिम सेती जलविद्युत् आयोजना 'सार्वजनिक निजीक्षेत्र साझेदारी' (पिपिपी) मोडलमा विकास गर्न चाइना थ्री गोर्जेज इन्टरनेसनल कर्पोरेसन र ऊर्जा मान्त्रालयबीच २०६८ फागुनमा साझेदारी पत्रमा हस्ताक्षर भएको हो। सोही आधारमा चाइना थ्री गर्जेज र नेपाल विद्युत् प्रधिकारणबीच २०७४ कात्तिकमा  संयुक्त लगानी सम्झौता सम्पन्न भएको छ। यो सम्झौतासँगै २० वर्षभन्दा लामो समयदेखि चर्चामा रहेको पश्चिम सेती जलविद्युत आयोजना निर्माण हुने अपेक्षा लिइएको छ। आयोजनाको अनुमानित लागत १ खर्ब ६० अर्ब रुपैयाँ हो। 

आयोजनामा चिनियाँ पक्षले ७५ र प्राधिकरणले २५ प्रतिशत लगानी गर्नेछन्। स्थानीयवासीलाई १० प्रतिशत सेयर दिइनेछ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्म यो आयोजना नेपाल विद्युत् प्राधिकरण र थ्री गर्जेजबीच ज्वाइन्ट भेन्चर कम्पनी मोडलमा निमार्ण सुरु गरिने समझदारी भएको छ। यो आयोजना प्राविधिक र आर्थिक रुपमा सम्भाव्य देखिए पनि लगानीकर्ताले जग्गा प्राप्ति, प्रसारण लाइन निमार्ण र पुनर्वाससम्बन्धी समस्या औंल्याएको प्रतिवेदनमा उल्लेख छ। 

पश्चिम सेती नदीमा निर्माण हुने आयोजनाबाट ७ सय ५० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ।

प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०७४  १२:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पश्चिम नेपालमा वर्षा र चट्याङको सम्भावना, सतर्क रहन आग्रह
दशैं–तिहारमा यती एअरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
ताजा समाचारसबै
पश्चिम नेपालमा वर्षा र चट्याङको सम्भावना, सतर्क रहन आग्रह बिहीबार, असोज २९, २०८३
दशैं–तिहारमा यती एअरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका बिहीबार, असोज २९, २०८३
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो बिहीबार, असोज २९, २०८३
दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली बिहीबार, असोज २९, २०८३
विपद्पछिको पुनरुत्थानमा सहयोग गर्न एडीबीलाई अर्थमन्त्री वाग्लेको आग्रह बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्