काठमाडौं- यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढे तापनि कारोबार रकममा भने गिरावट आएको छ।
यो साता नेप्से चार दिन कारोबारमा आएको थियो। जसमा अघिल्लो दुई दिन उल्लेख्य मात्रामा घटे पनि पछिल्लो दुई दिन परिसूचकमा सुधार आएको छ। नेप्से परिसूचक पहिलो दिनको तुलनामा अन्तिम दिन १० दशमलव ७० अंकले बढेर १ हजार ३ सय १५ दशमलव १३ को विन्दुमा आइपुगेको छ।
यता, कारोबार रकम गत साताको भन्दा ८ दशमलव ६१ प्रतिशतले बढेको छ। यस साता नेप्सेमा १ सय ७१ कम्पनीहरुको कारोबार भएको छ। जस अनुसार २२ हजार ४ सय ३७ कारोबारबाट एक अर्ब ७९ करोड ४७ लाख ९८ हजार रुपैयाँ बराबरका ४७ लाख ९३ हजार एक सय २० कित्ता सेयर खरिदबिक्री भएका छन्। गत साता एक अर्ब ९६ करोड ३८ लाख ७१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा २ दशमलव ६६ अंकले बढेर २ सय ७९ दशमलव ४६ अंकमा आइपुगेको छ।
साताका सूचकांकहरु

यस साता कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ। कम्पनीको ११ करोड १८ लाख ६० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यसैगरी कारोबार भएको सेयर संख्याको आधारमा सानिमा बैंक लिमिटेड अग्रस्थानमा रहेको छ। कम्पनीको २ लाख एक हजार सेयर कारोबार भएको छ।
सातामा सर्वाधिक रकमको कारोबार भएका ५ कम्पनी

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।