• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

अभिनय यात्रामा विजयको भोक

64x64
नेपाल लाइभ शुक्रबार, फागुन २५, २०७४  ०१:१५
1140x725

अभिनेता विजय बराललाई फिल्म ‘कबड्डी’पछि धेरैले बिके भनेर चिन्छन्। अभिनयको ‘डिटेलिङ’मा विश्वास गर्ने विजयलाई उक्त फिल्मको सहायक भूमिका नै चिनाउनका लागि प्रशस्त भइदियो। 
नाटकका दर्शकको मनमा उनले त्यसअघि नै छाप पारिसकेका थिए। मण्डला थिएटरका धेरै नाटकमा अभिनेताका रुपमा उनी छुटेनन्। 

नाटकबाट खारिएका उनी जुन भूमिकामा देखिन्छन् दर्शकलाई मोहनी लगाउँछन्। ‘कबड्डी’पछि फिल्ममा उनी ‘मिस्टर झोले’मा देखिए, ‘झोले टुरिस्ट’का रुपमा। अभिनय रुचाइयो, पात्र पनि। तर, त्यसले ‘बिके’ पहिचान मेटाउन सकेन। 

आगामी फिल्म ‘हुर्रे’बाट चाहिँ ‘बिके’को पहिचान मेटिने उनको अपेक्षा छ। अभिनेत्री केकी अधिकारीसँग एउटा पागल प्रेमी ‘कटाँसे’को भूमिकामा छन् उनी। उनलाई लागेको छ, ‘दर्शकले फिल्म हेरिदिए भने त्यसपछि म कटाँसे हुन्छु।’

फिल्ममा उनका साथै अनुप बराल, अंकित खड्का, राजाराम पौडेल जस्ता अभिनयका लागि गनिएका, मानिएका कलाकारहरु छन्। यसैगरी अहिलेका चर्चित अभिनेता अनुपविक्रम शाही पनि छन्। तर, फिल्मको केन्द्रीय भूमिकामा विजय नै छन्। त्यसैले उनी फिल्मबाट आशावादी छन्। 

भन्छन्, ‘म आफैंलाई पनि काम गर्दा रमाइलो लागेको फिल्म हो। दर्शकलाई पनि रमाइलो लाग्छ भन्ने विश्वास छ।’

विजय अभिनयका भोका छन्। ‘जति अभिनय गर्न थालेँ, त्यति नै राम्रो अभिनय गर्ने भोक बढ्दै गयो,’ उनी भन्छन्।

अभिनय थालेपछि उनी अभिनयमै ‘बसेका’ छन्, अभिनय नै खाइरहेका छन्! अर्थात् विगत ५ वर्षदेखि मण्डला थिएटरमै उनको गाँस, बास र कपास छ। नाटकघरको सुरुवाती समयमा उनीसँग अरु केही सहकर्मी पनि थिए। मण्डला थिएटरको माथिल्लो तलामा रहेको अभिनयका ‘बाबाहरुको कुटी’ अरुले छाड्दै गए। अहिले उनी एक्लै छन्।

त्यसो त कपनमा उनको डेरा छ। त्यहाँ उनका भाइबहिनी बस्छन्। ‘नाटकघरमा बसेँ भने अभिनयकै सुर–चिन्ता हुन्छ। त्यसैमा एकोहोरिन पाइन्छ। त्यसैले यतै बस्छु। कोठामा त महिना–दुई महिनामा पुगिन्छ होला’, उनले आफ्नो बासस्थानतिर औंलो तेर्स्याउँदै भने।

Ncell 2
Ncell 2
nimb
nimb

रंगमञ्चमा सिक्ने र अभिनय गर्ने नियमित कर्मले मात्रै पुगेन उनलाई। एक वर्षअघि अभिनय पढ्न कलकत्ता पुगे। अभिनय विधामध्ये पनि ‘माइम’ सिके। यो रंगमञ्चको त्यस्तो विधा हो, जसले केही नहुँदा पनि दर्शकलाई भएको अनुभूति दिलाउँछ।

उनले अभिनय गरेर देखाए (भिडियोमा हेर्नुहोस्)। 

खल्तीमा सिक्का नहुँदा पनि साँच्चै झिकिरहेको जस्तो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

गिलास नहुँदा पनि चिया पिइरहेको जस्तो।

कोही मान्छे नहुँदा पनि सामुन्नेमा कोही हिँडिरहेको जस्तो।

डुंगा खियाइरहेको जस्तो।

रंगमञ्चको भाषामा एकखालको इलुजन (भ्रम) भनिँदो रहेछ यसलाई। उनले भने, ‘चार्ली च्याप्लिनको जस्तो साइलेन्ट अभिनय हो। तर, यसमा कुनै ‘प्रोपर्टी’ (वस्तु)को प्रयोग हुँदैन।’

उनलाई ‘माइम’ सिकाउने गुरु निरञ्जन गोस्वामी यसका लागि भारतमा प्रसिद्ध मानिन्छन्। जसले भारतको प्रसिद्ध पद्मश्री अवार्ड हासिल गरेका छन्। बलिउडका प्रसिद्ध अभिनेता इरफान खान र नेपालका रंगकर्मी सुनील पोखरेललाई पनि गोस्वामीले नै पढाएका हुन्। भारतकै प्रसिद्ध नाटक पाठशाला नेसनल स्कुल अफ ड्रामामा लामो समय पढाएका उनी अहिले नेसनल माइम इन्स्टिच्युटमा आबद्ध छन्। विजय यो इन्स्टिच्युटको पहिलो ब्याचका विद्यार्थी बनेका छन्। 

विजयको ब्याचमा १० भारतीय र दुई बंगलादेशी विद्यार्थी थिए। यीमध्ये विजयले ‘स्टुडेन्ट अफ द इअर’को पगरी पाए। ‘कम्तीमा मैले नेपालको एउटा विद्यार्थी थियो भन्ने पारेँ। यसले मलाई खुसी बनायो’, उनले भने। 

सिकेर आएसँगै यसले विजयको अभिनयमा फरक आउनेछ। तर, उनीभित्र डर बढ्दै गएको रहेछ। उनी भन्छन्, ‘सिकाइले बुझाइको स्तर बढाउने रहेछ। तर, गराइमा भने कस्तो होला भन्ने डर पैदा हुँदो रहेछ।’

उनका अबका फिल्म र नाटकमा एक वर्षको सिकाइ देखिनेछ। यसका लागि उनी उत्साहित पनि छन्। 

अनुहारले केन्द्रीय भूमिकाका लागि योग्यता निर्धारण गर्ने नेपाली फिल्ममा पछिल्लो समय अभिनयले ठाउँ पाउन थालेको छ। विजय जस्ता अभिनयका लागि अब्बल अभिनेताहरु पनि मुख्य भूमिकामा देखिन थालेका छन्। यसले विजयलाई ‘मान्छे अघि बढ्दै जाँदा एक दिन चुचुरोमा पुग्छ’ भन्ने महसुस गराएको छ।’ 

उनमा धेरै माथि पुग्ने महत्वाकांक्षा भने छैन। ‘जीवनभर यही गर्नुछ भने किन दौडिनु?’ उनको मान्यता छ।

बहुआयामिक अभिनयमा आफूलाई प्रमाणित गरेका विजयको पूर्व सपना भने कमेडियन हुने रहेछ।

उनले रहस्य खोले, ‘रंगमञ्चमा आउनुअघि म क्यारिकेचर राम्रो गर्थें।’

सर्लाहीमा जन्मेहुर्केका उनमा नेपाली हास्य अभिनेताहरु सन्तोष पन्त, दीपकराज गिरी, जितु नेपाल लगायतको प्रभाव थियो। टेलिसिरियल हेर्ने भएका कारण त्यस्तो छाप परेको थियो। तर, रंगमञ्चमा प्रवेश पाएपछि त्यो बाटो नै छाडिदिए। 

भन्छन्, ‘अहिले क्यारिकेचरको क्षमतालाई फरक पात्रको फरक स्वर निकाल्दा मात्रै प्रयोग गर्छु।’ 

उनको अहिलेको कमेडी विधा सिचुएसनल भएकाले पनि क्यारिकेचरको काम पर्दैन। तर, थिएटरमा प्रवेश भने उनलाई क्यारिकेचरले नै दिलाएको हो। 

सन् २००९ मा अभिनय सम्बन्धी ४५ दिनको कार्यशाला भएको थियो। भारतको नेसनल स्कुल अफ ड्रामा (एनएसडी)बाट गुरुहरु सहभागी रहेको सो कार्यशालाको अन्तर्वार्तामा उनी क्यारिकेचर गरेरै छनोटमा परेका थिए।

प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०७४  ०१:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्