complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

अर्थमन्त्री डा खतिवडाबारे उद्योगी–व्यवसायीको यस्तो बुझाइ

64x64
नेपाल लाइभ बिहीबार, फागुन २४, २०७४  २३:४५
1140x725

काठमाडौं– पछिल्लो समय देशका आर्थिक सूचकहरु खासै सकारात्मक छैनन्। तर, नयाँ सरकारमा अर्थमन्त्रीका रुपमा डा युवराज खतिवडा आएसँगै आर्थिक क्षेत्र गतिशील हुने अपेक्षा भने बढेको छ। नेपाल राष्ट्र बैंकका गभर्नर र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भइसकेका डा खतिवडा अर्थतन्त्र बुझेका व्यक्तिमध्ये पर्छन्। उनले गर्भनर हुँदा गरेका निर्णयका कारण उद्योगी–व्यवसायीमा मात्र होइन जनताको तहमा समेत उनीप्रति अपेक्षा बढेको हो। डा खतिवडा अर्थमन्त्री बनेसँगै आर्थिक सूचकहरु सकारात्मक बन्ने अनुमान हुन थालेको छ। 

बुधबार मात्रै सरकारले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ६ प्रतिशत रहने जनाएको छ। अर्थ मन्त्रालयले आयोजना गरेको मध्यावधि समीक्षामा मन्त्री डा खतिवडाले आर्थिक वृद्धिदरको लक्ष्य घटाएर ६ प्रतिशत हासिल गर्ने संशोधित लक्ष्य राखेको जनाए। सरकारले यसअघि यो आर्थिक वर्षमा ७ दशमलब २ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको थियो।

पछिल्ला केही वर्षमा आर्थिक वृद्धि त्यति सन्तोषजनक छैन। सारकारी पुँजीगत खर्च लक्ष अनुरुप हुन सकेको छैन भने निर्यातभन्दा आयातदर दिनप्रतिदिन बढ्दै गएको छ। 

यस्तो अवस्थामा स्थिर सरकार बन्ने आशा र अर्थ मन्त्रालयमा डा खतिवडाको नेतृत्वले देशको अर्थतन्त्रलाई सकारात्मक गति दिन सक्नेछ भन्ने अपेक्षा उद्योगी–व्यवसायीहरुमा समेत पाइन्छ। 

लगानीमैत्री ऐन आवश्यक

मुलुकको अर्थतन्त्रलाई बुझेका व्यक्ति अर्थमन्त्री हुँदा देश आर्थिक सम्वृद्धितर्फ अघि बढ्छ भन्ने आशा गर्ने ठाउँ रहेको बताउँछन् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा। उनले नयाँ सरकारको गठनसँगै राजनीतिक अस्थिरता अन्त्य भएको व्यवसायी समुदायले महसुस गरेको बताए। भने, ‘यो आर्थिक सम्वृद्धितर्फ अघि बढ्ने समय हो, त्यसका लागि सरकारले देशमा लगानीमैत्री वातावरण र्सिजना गरिदिनुपर्छ।’ 

अहिलेका ऐन तथा नियम लगानीमैत्री नभएको उनले बताए। ‘लगानीको वातावरण सिर्जना गर्न अहिले भएका कतिपय ऐनलाई संशोधन गर्नु आवश्यक छ,’ गोल्छाले भने।

उनले देशको आर्थिक सम्वृद्धिका लागि पहिले पूर्वाधार विकास आवश्यक रहेको औंल्याए। भने, ‘लगानीका लागि आवश्यक भनेको पूर्वाधार हो। पछिल्लो समय हामीले पूर्वाधारको यथोचित विकास गर्न सकेका छैनौं र भएका पूर्वाधारलाई पनि सम्भार गर्न सकेका छैनौं।’ औद्योगिक विकासका लागि पहिलो आवश्यकताका रुपमा रहेको जग्गाको मूल्य पछिल्लो समय अस्वभाविक ढंगले बढेकाले त्यसलाई नियन्त्रण गर्नु जरुरी रहेको गोल्छाको सुझाव छ। 
 

Ncell 2
Ncell 2
nimb
nimb

लगानीयोग्य पुँजी आवश्यक

देशले अर्थतन्त्रलाई राम्रोसँग केलाउन सक्ने व्यक्ति अर्थमन्त्री पाएको नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगाना बताउँछन्। उनले भने, ‘उहाँले अर्थतन्त्रलाई राम्रोसँग बुझ्नु भएको छ। कसरी देशको अर्थतन्त्र सुदृढ हुन्छ त्यही अनुसारको नीति लिनु हुनेछ भन्ने विश्वास छ।’ 

मन्त्री नियुक्त भएपछि उद्योग वाणिज्य महासंघको प्रतिनिधि मण्डलसँगको भेटमा अर्थमन्त्री डा खतिवडाले लगानी योग्य पुँजी अभाव हुन नदिने प्रतिबद्धता जनाएका थिए। उनले अनुत्पादक क्षेत्रमा भइरहेको लगानीलाई नियन्त्रण गरेर उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने संकेत गरेका थिए। 

मुलुकमा पछिल्ला केही वर्षमा लगानीयोग्य पुँजी (तरलता) अभाव देखिएको छ। ढुंगाना जतिसक्दो चाँडो यो समस्या समाधान हुनुपर्ने धरणा राख्छन्। ‘यसका लागि कर्जा र निक्षेपको सन्तुलन मिलाउन आवश्यक छ,’ उनले भने। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

निजी क्षेत्रले निर्धक्क लगानी गर्ने वातावरण बन्नुपर्नेमा ढुंगानाले जोड दिएका छन्।  उनी भन्छन्, ‘आगामी बजेटमा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम आवश्यक छ।’
 

‘रियल स्टेट डराएको छैन’

घरजग्गा (रियल स्टेट) को कारोबारलाई अनुत्पादक क्षेत्रको संज्ञा दिँदै आएका डा खतिवडा अर्थमन्त्री बनेपछि पुनः एकपटक घरजग्गाको कारोबार शिथिल हुने हो कि आशंका उब्जिएको छ। तर, घरजग्गा व्यवसायी भने अर्थमन्त्री डा खतिवडाप्रति आशावादी रहेको बताउँछन्। 

‘अर्थतन्त्रलाई बुझेको व्यक्ति अर्थमन्त्री हुनु घरजग्गा व्यवसायीका लागि पनि खुसीकै कुरा हो नि,’ रोड सो रियल स्टेटका अध्यक्ष कालु गुरुङ भन्छन्, ‘उहाँले राष्ट्र बैंकको गर्भनर हुँदा रयल स्टेटलाई व्यवस्थित गर्न जुन किसिमको नीति लिनुभयो त्यो सह्रानीय थियो। हामी व्यवसायीले त्यसको प्रभाव र महत्व बुझिसकेको छौं। हामी उहाँदेखि डराएका छैनौं।’ 

डा खतिवडाले लिएको नीतिकै कारण सच्चा व्यवसायी यस क्षेत्रमा टिकिरहन सकेको उनको बुझाइ छ। भन्छन्, ‘आगामी दिनमा पनि उहाँले रियल स्टेट व्यवसायलाई थप व्यवस्थित बनाउनुहुन्छ र देश आर्थिक सम्वृद्धितर्फ अगाडि बढ्छ भन्नेमा म आशावादी छु। उनले जथाभावी घरजग्गाको कारोबार गर्ने र रातारात पैसा कमाउनेहरुलाई असर परे पनि दीगो व्यवसाय गरेर बसेकालाई खासै असर नपर्ने बताए।

डा खतिवडाले राष्ट्र बैंकको गर्भनर हुँदा २०६७÷०६८ मा घरजग्गाको कारोबारलाई लगाम लगाएका थिए। खतिवडाले त्यसबेला बैंकहरुलाई रियल स्टेटमा लगानी गर्न अंकुश लगाइदिएपछि घरजग्गा कारोबार एकाएक ओरालो लागेको थियो। 
 

बिरामी अर्थतन्त्रलाई निको पार्ने मौका

अर्थतन्त्रका अधिक सूचकहरु नकारात्मक रहेका बेला त्यसलाई सकारात्मक बनाउने चुनौती अर्थमन्त्री डा खतिवडा सामु छ। नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेल भन्छन्, ‘नेपालको अर्थतन्त्रलाई नजिकबाट नियालेर यसलाई चलायमान बनाउन सक्ने व्यक्ति अर्थमन्त्री हुनु भएको छ। उहाँले अर्थतन्त्रलाई गतिशील बनाएर मुलुकलाई आर्थिक सम्वृद्धितर्फ उन्मुख गर्नुहुनेछ।’ 

पछिल्लो समयमा बिरामी बनेको देशको अर्थतन्त्रलाई निको पार्ने खुबी डा खतिवडामा रहेको बताउँदै पौडेलले त्यसका लागि केही समय भने लाग्न सक्ने जनाए।

सेयर बजारलाई अनुत्पादक मान्दै आएका डा खतिवडा अर्थमन्त्री बनेपछि पुँजी बजार ओरालो लागेको सन्दर्भमा पौडेल भन्छन्, ‘पुँजी बजार नकारात्मक बटोतर्फ अगाडि बढेको देखिएको छ। यसको मुख्य कारण पुँजी बजारमा स्पष्ट नीति नहुनु र प्रविधिमैत्री बन्न नसक्नु हो। अर्थमन्त्री डा खतिवडाले यो कुरा राम्रासँग बुझेकाले यसको समाधानतर्फ उहाँले सक्दो पहल गर्नुहुनेछ।’ 

उनले पुँजी बजारमा लोकप्रियताका लागि भन्दा पनि दीर्घकालीन महत्व राख्ने नीति ल्याउन आवश्यक रहेको बताए। उनले गैरआवासीय नेपालीलाई पुँजी बजारमा भित्र्याउन कानुन निमार्ण गर्नु आवश्यक रहेको औंल्याए।

पौडेलले सेयर बजारमा कमर्सियल बैंकलाई ब्रोकर लाइसेन्स र अनलाइन ट्रेडिङ कारोबारलाई तत्काल सञ्चालनमा ल्याउन अर्थमन्त्री डा खतिवडाले भूमिका खेल्नुपर्ने बताए। 

डा खतिवडाले राष्ट्र बैंकमा गर्भनर हुँदा २०६७÷०६८ मा सेयर कारोबारलाई अनुत्पादक क्षेत्रमा लगानी भन्दै लगाम लगाएका थिए।

डा खतिवडाले राष्ट्र बैंकमा गभर्नर हुँदा गरेका सुधारका कामले गर्दा नै उनीप्रति सकारात्मक देखिएको उद्योगी व्यवसायी बताउँछन्। 

अर्थतन्त्रको बागडोर हाक्ने ठाउँमा पुगेका अर्थमन्त्री डा खतिवडा अर्थतन्त्रबारे चासो र ज्ञान भएका आमनागरिक, उद्योगी व्यवसायीको केन्द्रमा छन्। उनका लागि घस्रँदै हिँडेको नेपालको अर्थतन्त्रलाई दौडिने बनाउने र आफूलाई प्रमाणित गर्नुपर्ने परीक्षा सुरु भएको छ।

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०७४  २३:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पश्चिम नेपालमा वर्षा र चट्याङको सम्भावना, सतर्क रहन आग्रह
दशैं–तिहारमा यती एअरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
ताजा समाचारसबै
पश्चिम नेपालमा वर्षा र चट्याङको सम्भावना, सतर्क रहन आग्रह बिहीबार, असोज २९, २०८३
दशैं–तिहारमा यती एअरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका बिहीबार, असोज २९, २०८३
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो बिहीबार, असोज २९, २०८३
दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली बिहीबार, असोज २९, २०८३
विपद्पछिको पुनरुत्थानमा सहयोग गर्न एडीबीलाई अर्थमन्त्री वाग्लेको आग्रह बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्