• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

ययाति : सामूहिक महिला विद्रोहको आमन्त्रण

64x64
नेपाल लाइभ बिहीबार, फागुन २४, २०७४  १२:४०
1140x725

एकातिर महिला हिंसाको विरोध र अधिकारको लडाइँसँगै जोडिएको 'अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस' भरखरै मनाइएको छ। अर्कातिर जीवनभर यौन अभीप्सामा लिप्त हुन चाहने स्त्रीभोगी पुरुषमाथिको नाटक मञ्चन भइरहेछ। 

नाटक धेरै पुरानो हो। भारतीय लेखक गिरीश कर्नाडले सन् १९६० तिरै लेखेको। विषय अझै पुरानो– महाभारतकालीन। तर त्यही महाभारतमा वर्णित चक्रवर्ती राजा ययाति र उनको दरबारको केन्द्रमा घुमेको नाटकलाई अनुवादक/निर्देशक टंक चौलागाईंले सान्दर्भिक बनाएका छन्। नाटक शिल्पी थिएटरमा चलिरहेको छ।

चन्द्रवंशी राजा ययाति आफैंमा भोगविलासका विम्ब हुन्। राजदरबारमा रानीबाट छिपेर सुसारेप्रति उनको पुरुषत्वको दम्भ जब जागृत हुन थाल्छ, त्यहीँबाट कलह र षड्यन्त्रको सुरुवात हुन्छ।

महारानी देवयानी र सुसारे स्वर्णलताबीचको झगडाबाट सुरु भएको नाटक वियोगपूर्ण दृश्यमा अन्त हुन्छ। यसैले जनाउँछ, कलह र ईर्ष्याको गन्तव्य सुखद हुन सक्दैन। यसले पीडा र वियोगलाई आमन्त्रण गरिरहेको हुन्छ।

पूर्वकथा
पौराणिक कहानीहरुमा क्षत्रीय कुलका चन्द्रवंशी राजा ययातिका अनेक किस्सा र प्रसंग पाइन्छन्। उनी शक्तिशाली विजेता र पराक्रमी राजा थिए। उनको विवाह हिन्दु धर्मशास्त्रमा दैत्य गुरुका रुपमा व्याख्या गरिने शुक्राचार्यकी छोरी देवयानीसँग हुन पुग्छ। अनौठो संयोगले देवायनीसँग जोडिएपछि उनी दरबार भित्र्याउँछन्।

एकदिन सामान्य विवादकै क्रममा शर्मिष्ठाले देवायानीलाई कुवामा धकेलिदिन्छिन्। त्यहीँ पुगेका ययातिले कुवामा लडेकी देवयानीलाई देख्छन् र उद्धार गर्ने मनसायले तानेर बाहिर निकाल्छन्। संयोग, देवयानीले दिएको हात दाहिने पर्छ। दाहिने हात समाएपछि विवाह गर्ने वीरहरुको धर्म रहेको जनाउँदै ययाति देवयानीप्रति मोहित बन्छन् र विवाह गर्छन्।

कथामा वर्णित यो पूर्वकथालाई मञ्चमा देखाइन्न। पात्रहरुको संवादबाट बिस्तारै खुल्दै जान्छ।

Ncell 2
Ncell 2
nimb
nimb

देवयानी विवाह बन्धनमा बाँधिएपछि ऊसँगै शर्मिष्ठा पनि सुसारेका रुपमा दरबार भित्रन्छे। तर, सखी शर्मिष्ठासँगै ईर्ष्या र जलन पनि सँगै भित्रिन्छ। 

शर्मिष्ठा राजा वृषपर्वाकी छोरी हो भने वृषपर्वाका गुरु शुक्राचार्यकी छोरी हुन् देवयानी। 

राक्षस कन्या शर्मिष्ठा आफ्नो तर्क र अडानले नै जित्न खोज्छे। नाटकमा धेरैजसो समय ययाति राजा पनि उसको तर्कबाट हार खाएको देखाइएको छ। उसको अभिमान पराजित हुन मान्दैन र देवयानीसँग दिनहुँजसो कोलाहल मच्चाइरहन्। ययातिले कुवाबाट तानेको प्रसंग कोट्याएर देवयानीलाई ठुँगिरहनु शर्मिष्ठाको आनन्दप्राप्ति हो। 

आफू कुमारी भएको र ययातिले दाहिने हात समाएकाले स्विकार्न बाध्य भएको प्रष्टीकरण दिँदा पनि शर्मिष्ठा चुप लाग्दिन।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

शुक्राचार्यको छोरी भएको थाहा पाएकैले ययातिले 'हातमा आएको सिकार नछोड्ने' सोच बनाएको शर्मिष्ठाको तर्कले देवयानीको आक्रोशमा घिउ थपिँदै जान्छ। तर देवयानी आफ्ना पितासँग सञ्जीवनी विद्या छ भन्ने थाहा पाउनुअघि नै आफूलाई ययातिले स्विकारेको दलिल पेश गर्छिन्।

प्रस्तुत नाटक व्यंग्य पनि हो सामाजिक संरचना र पितृसत्ताको। यहाँ नारी विद्रोहको झिल्को त छ तर तिनीहरूले एकीकृत रुप लिन सकेका छैनन्। नारीभित्रै ईर्ष्याका कारण त्यो विद्रोहको आँधी ययातिको दम्भ र पुरुष सत्ताको पर्खालमा ठोक्किएर दरबारमै फर्किन्छ।

पुरुको आगमन र नाटकको उत्कर्ष
ययाति पुत्र पुरुराज आश्रमबाट दरबार फर्किए पनि महारानी देवयानीसँग भेट हुन पाउँदैन। १५ दिनअघि बिहे गरेकी दुलही चित्रलेखालाई लिएर आउने खबर पाएपछि स्वागतको तयारीमा दरबार सजावट गर्न ययातिले अह्राउँछन् तर शर्मिष्ठासँगको विवादले आक्रोशित बनेकी देवयानी अटेर गर्छिन्।

उनमा विस्फोट हुन्छ, 'मलाई कुवामै छाडेको भए हुन्थ्यो। किन विवाह गर्नुभयो?'

'मैले दाहिने हात समाएर तानेको थिएँ। यो नै वीरहरुको धर्म हो,' ययातिको तर्क।

देवयानीलाई फकाउँदै पुत्र पुरुको स्वागतको तयारी र आफ्नो सिँगारपटार गर्न उनी आग्रह गर्छन्। शर्मिष्ठाप्रति कठोर रिस पोखेको अभिनय गरेर फकाउन सफल हुन्छन्। कुवामा धकेलेको घटना सम्झँदै शर्मिष्ठाले प्रायश्चित्त गर्नेपर्ने सर्त राख्छिन् देवयानी।

तर ययाति तत्काल दरबारबाट पठाउन चाहँदैनन्। असुर कन्या भएकाले गाली गर्नु शर्मिष्ठाको स्वभाव भएकाले उसको प्रेमको दुरुपयोग नगर्न भन्छन्। 

कलहको भूमरीले घेरिएको दरबारमा एकाएक यस्तो ट्विस्ट आउँछ, जसले शर्मिष्ठाप्रति ययातिको आसक्तिलाई झन् नजिक बनाउँछ। तर उनी भुमरीको दलदलमा झन्‌झन् फस्दै जान्छन्।

रानी देवयानीभित्रको ज्वाला कम गराउन शर्मिष्ठालाई दरबार छाडेर घर जान अनुरोध गर्छन् ययाति तर ऊ मान्दिन। राक्षस कुलमा जन्मिएकी राजकुमारीको अहंकार ऊसमा हाबी हुन्छ। भन्छे, 'मलाई स्वतन्त्रता चाहिँदैन महाराज। म दासत्वमै पोख्त छु। घिसारेर पठाए पनि दरबार छाड्दिन। यहीँ सुसारे भएर बस्छु।' 

शर्मिष्ठा बरु आफूलाई विष पिलाएर मार्न भन्छे। तर्कशील शर्मिष्ठाको अगाडि ययाति लाचार बन्दै जान्छन्। जब ऊ विषको प्याला पिउन खोज्छे। यति नै बेला खोस्न खोज्दा अनायास ययाति उसको दाहिने हात समाउन पुग्छन्।  

'महाराज, हजुरले मेरो दाहिने हात समानुभयो। म त सुसारे हुँ। तर रानी नै बनाउनु भन्दिनँ।'

उसको व्यंग्यवाणका अघिल्तिर ययाति भाउन्न हुन्छन्। शर्मिष्ठाप्रतिको मोहमा फस्दै जान्छन्। उनका यौन ग्रन्थीहरु सक्रिय बन्न थाल्छन्।

उसलाई रानी बनाइसकेको स्विकारेपछि देवायनीमाथिको आघात बढ्दै जान्छ। मानसिक तापमा उनी पिल्सिँदै जान्छिन्।

आफू पराजित नहुन पनि शर्मिष्ठालाई छाड्न नसक्ने बताएपछि आक्रोश र ईर्ष्याको ज्वालाले रन्थनिएकी देवयानी मोतीको माला चुटाएर दरबार छाडेर निस्किन्छिन्। 

उता, आश्रममा शिक्षा लिएर फर्किएका पुरुमा भने राजकुमारको झैं पराक्रम र राज्यभोगको रुचि देखिन्न। आश्रमको शिक्षा र स्वयंवरबारे ययातिले जिज्ञासा राख्दा आफूले कुनै पराक्रम गर्न नसकेको र पुर्खाप्रति वितृष्णा जागेको उपहासको भावमा बताउँछन्।

धनसम्पत्ति, सुविधा सबै भए पनि आफ्नी आमा नभएकोमा पुरुमा पश्चात्तापबोध हुन्छ। आमाको पहिचानबारे पिता ययातिमाथि शंकालु प्रश्न गरिरहन्छ ऊ। 

पुत्रको प्रश्नबाट आजित ययाति बल्ल सत्यता खुलाइदिन्छन्।  दिग्विजयमा गएको बेला भेट भएकी राक्षक कन्यासँग विवाह गरेको र उनैलाई जेठी रानी बनाएको रहस्य बताइदिन्छन्। तर शर्मिष्ठा नै उसकी आमा हो भनेर नाटकले खुलाउँदैन। 

राज्यमोहबाट विरक्तिएका पुरुमा पुर्खाजस्तो पराक्रमी बन्ने चाहना पलाउँदैन न त राज्य सञ्चालनमै उसको रुचि देखिन्छ। आफ्नो उद्देश्य नै  वैरागी बन्नु रहेको सुनाउँछ। 

यौवनलाई मर्न नदिने पिता ययाति र वैराग्य धारण गर्न लालायित पुत्र पुरु। नाटकले यो दुई धारलाई देखाएको छ। पुस्ताकै पथमा हिँडिरहनु मात्रै 'संस्कार' होइन, नयाँ पुस्ताको सोचलाई स्वतन्त्र छाडिदनुपर्छ भन्ने कोणबाट पनि बुझ्न सकिन्छ।  

दरबार नै त्यागेर हिँड्नुपरेपछि देवयानीले आफूमाथि परेको आघातबारे पिता शुक्राचार्यलाई सुनाउँछिन्। पुत्रीको वेदना सहन नसकेका उनी ययातिलाई श्राप दिने निर्णयमा पुग्छन्। यस्तो श्राप, जसका कारण साँझ पर्नुअघि ययाति जीर्ण वृद्धमा बदलिनेछन्।

युवराज पुरु श्राप निवारणका लागि अनेक प्रयास गर्छ। छोरी देवयानीलाई कुवाबाट बचाएर निकालेको घटनाले शुक्राचार्य अलि नरम बन्छन्। र विकल्प दिन्छन्, यदि कसैले ययातिको बुढ्यौली लियो भने श्राप माफी गरिदिने।

तर कोही प्रजा, सैनिक र दरबारका कर्मचारी बुढ्यौली उमेर लिन तयार हुँदैनन्। 

पुरुले पिताका लागि समाधानको उपाय निकाल्न नसकेपछि वानप्रस्थमा जानका लागि आग्रह गर्छ। ययाति मान्न तयार छैनन् बरु अन्तिम विकल्प मृत्युबारे कुरा झिक्दा पुरुले तत्काल निर्णय लिन्छ– आफ्नो जवानी पितालाई दिने र उनको बुढ्यौली उमेर आफूमा सार्ने।

यता चित्रलेखा अचानक परिवर्तित भएको पतिको वृद्ध काया देखेर छाँगाबाट खसेझैं हुन्छे। 

ययाति र चित्रलेखालाई अनेक कुरा गरेर सान्त्वना दिन्छन्। 'पुरुराजको उमेर ५/६ वर्षमै फर्काइदिने' भन्दा त्यो समय आफ्ना लागि शताब्दियौं लाग्ने बताउँछे। युवा अवस्थामा फर्किए मात्र स्विकार्ने नत्र दरबार छोड्ने सर्त राख्छे चित्रलेखा। 

'यो तिम्रो असाधारण क्षमताको परीक्षा पनि हो,' ययाति उनलाई भरोसा दिन्छन्।

'हजुरले त्यो काम सकुन्जेल मेरो उमेरको हाल के हुन्छ। मानिसको जीवन पञ्चांगको भरमा चल्दैन। नारीमा स्पन्दन रहुन्जेल चल्छ। पुत्रलाई शुक्रविहीन बनाउनुभयो। अब पुत्रले गर्ने सबै क्रिया गर्न आँट गर्नुहुन्छ?'

यो निमन्त्रणाबाट ययाति झनै विक्षिप्त बन्न पुग्छन्। 

ऊ आफूलाई सहन गर्न नसक्ने अवस्था पुगेपछि विषको सहरा लिन्छे तर यति बेला ययाति उनको हात समाउन सक्दैनन्। शर्मिष्ठा र स्वर्णलता दौडेर त आइपुग्छन् तर निकै ढिला भइसकेको हुन्छ। 

यही बेला वृद्ध कायामा पुरु पनि आइपुग्छ र एक थुँगा फूल चित्रलेखाको पार्थिव शरीरमा चढाइदिन्छ।

यही पश्चात्तापमा जलेका ययाति आफूले लिएको पुरुको यौवन फर्काइदिन्छन्। आफ्नो बुढ्यौली फिर्ता लिन्छन्।

तर चित्रलेखाको सास उडेपछि पुरुले यौवन फिर्ता पाउनुको के अर्थ? 

नाटकको सार यही हो। 

यौन अभीप्साका कारण निम्तिएको भयानक दुर्घटनालाई नाटकले पस्किएको छ। बूढो हुँदै जाँदा पनि यौवन निख्रिने हो कि भन्ने चिन्तामा रहेका राजा ययाति पुरुष मनोवृत्तिका विम्ब हुन्। दरबारभित्रको कलहको झिल्को बढ्दै जाँदा त्यो ठूलो आगोको लप्कामा परिणत हुन्छ। जहाँ राजा ययाति चक्रव्यूहमा फस्छन्। देवयानी दरबार छाड्न बाध्य हुन्छिन्। पुत्र पुरुले विवाहको १५ दिनमै पत्नी चित्रलेखाको वियोग खेप्नुपर्छ। 

ययातिको भूमिकामा घिमिरे युवराजको अभिनय खारिएको छ। सरस्वती अधिकारीले देवयानीको सहनशक्तिलाई न्याय गरेकी छन्। तर्कशील शर्मिष्ठाको चरित्र निर्वाह गर्ने पवित्रा खड्का अभिनयमा बोल्ड देखिएकी छन्। पुरु बनेका प्रकेश सिन्धुलीयले दर्शकको मन खिचेका छन्। चित्रलेखाको रुपमा मञ्चमा आएकी अर्चना पन्थी र सुसारेको अभिनयमा देखिएकी आकांक्षा जिसीले दर्शकलाई निराश बनाउँदैनन्।

नाटकमा सीमित पात्र छन् तर सशक्त। आरम्भमा जुन परिवेश देखापर्छ नाटक अवधिभर सेटमा फरक देखिँदैन। दर्शकलाई लाग्न सक्छ राजदरबारको अवस्था झल्कने गरी किन मञ्च सजाइएन? प्रकाश व्यवस्था र संयोजनमा अल्छी गरिएको छ। शुक्राचार्य नेपथ्यमै रहन्छन्। उनको हुलियालाई दर्शकले आफ्नै तरिकाले बुझ्नुपर्ने हुन्छ। 

अनूदित नाटकको सबल पक्ष नै संवादमा सहजता हो, जुन दर्शकले सहजै ग्रहण गरुन्। यसमा अनुवादक र निर्देशक टंक चौलागाईं सफल छन्। 

नारीमाथिको दमन र यौनिक हिंसाको लहरो शदियौं अघिदेखि सुरु भएको हो। दरबारबाट सुरु भएको नारी शोषणका अनेक रुप समयक्रमसँगै दरबारबाहिर आइपुग्यो। सयम बदलियो। दरबारहरु भत्किँदै गए तर महिलामाथिको शोषणको अन्त्य भएको छैन।

दिनहुँजसो समाचार पढ्न पाइन्छ, बलात्कार र महिला हिंसाका अनेक रुपका। नाटक यसकारण पनि यो समयका लागि सान्दर्भिक छ। र, सन्देश पनि दिएको छ– देवयानीको जस्तो एक्लो प्रयास सफल हुँदैन। तमाम शोषण अन्त्यका लागि महिलाले सामूहिक विद्रोह गर्नैपर्छ।

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०७४  १२:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्