काठमाडौं- पछिल्लो केही समयदेखि बजारमा लगानीयोग्य पुँजी (तरलता) अभाव भएको छ। तरलता अभाव समाधान गर्न नेपाल राष्ट्र बैंकले १ सय ५१ अर्ब रुपैयाँ प्रत्यक्ष विदेशी लगानी भित्र्याउने तयारीमा रहेको बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले बताए।
अर्थ मन्त्रालयले बुधबार आयोजना गरेको मध्यावधि समीक्षा बोल्दै गभर्नर नेपालले उक्त रकम नेपाल भित्र्याउने तयारीमा रहेको बताएका हुन्। साथै डा नेपालले राष्ट्र बैंकको खातामा नेपाल सरकारको २ सय ८५ अर्ब रुपैयाँ रहेको जानकारी दिए। उनले त्यो रकम छिट्टै बजारमा चलायमान बनाउने पनि बताए।
उनले बुधबारसम्म बजारमा १९ अर्ब रुपैयाँ बराबरको तरलता अभाव रहेको जानकारी दिएका छन्। तरलता अभावको समस्या समाधानको लागि वाणिज्य बैंकहरुलाई उल्लेख्य मात्रामा निक्षेप संकलन गरेपछि मात्रै कर्जा लगानी गर्न पनि डा नेपालले आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।