काठमाडौं- एभरेस्ट बैंकले १०८औं महिला दिवसको अवसरमा निःशुल्क स्वास्थ्य परीक्षण र अन्तक्रिया कार्यक्रम आयोजना गरेको छ।
बैंकको पुलचोक शाखामा आयोजित कार्यक्रम नर्भिक अस्पतालसँगको सहकार्यमा सञ्चालन भएको हो। उक्त क्याम्पमा गाइनोलोजिस्ट, कार्डिक, अर्थोपेडिक लगायतका रोग बिषेशज्ञले बिरामीको चेकजाँच गरेका थिए।
अन्तरक्रियाको संयोजन भने वरिष्ठ सर्जन विषेशज्ञ डाक्टर ज्योति रायमाझी (राणा) गरेका थिए। उनले महिलामा हुने स्तन क्यान्सर र त्यसबाट कसरी बच्ने वा समयमा नै थाहा पाउने भन्ने विषयमा आफ्नो मन्तव्य राखेका थिए।
उक्त स्वास्थ्य क्याम्पमा २ सय जनाले विषेशज्ञ डाक्टरहरुबाट सेवा लिएका थिए।
८ मार्चलाई विश्व महिला दिवसको रुपमा मनाउने गरिँदै आइएको छ।
बैंकले ग्राहकलाई ६९ शाखा, ७ एक्स्टेन्सन काउन्टर, २८ राजस्व संकलन केन्द्र, ९६ एटिएम मेसिनहरुबाट सेवा दिँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।