रुकुम- एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाले रुकुममा वित्तीय साक्षरता तालिम सम्पन्न गरेको छ। संस्थाले दुर्गम क्षेत्रका समुदायमा बैंकिङ शिक्षा प्रदान गर्ने उद्धेश्यले वित्तीय साक्षारता सम्बन्धी तालिम सञ्चालन गरेको जनाएको छ।
संस्थाले रुकुमको खोलागाऊँ र झुल्नेटा उपशाखा कार्यालय अन्तरगत वित्तीय पहुँचबाट वञ्चित समुदायका १ सय ४० जना सहभागीहरुलाई समेटेर २ दिने वित्तीय साक्षारता सम्बन्धी तालिम प्रदान गरेको होे। संस्थाले सहभागीहरुलाई उद्यमशील बनाउन क्षमता अभिवृद्धिका तालिम, सिप विकास र वित्तीय साक्षरता सम्बन्धी तालिम प्रदान गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत तीर्थरत्न कोनाजोले बताए।
तालिममा बचतको अर्थ, बचतको महत्व, बचत गर्ने उपायहरु, कर्जाको महत्व, कर्जा लिएर कसरी ब्यवसाय गर्ने र बढीभन्दा बढी फाइदा लिने उपायबारे सिकाइएको थियो।
त्यसैगरी बैंक तथा वित्तीय संस्थाहरुले प्रदान गर्ने सेवासुविधाका बिमा र बिप्रेषणको बारेमा समेत सहभागीहरुलाई जानकारी गराइएको थियो। तालिममा समुदायका महिला सदस्य, उनीहरुका अभिभावक, शिक्षक, समाजसेवी, युवावर्ग, विभिन्न समूहमा आबद्ध व्यक्ति र स्थानीय प्रतिनिधिहरुको उपस्थिति थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।