मुम्बई- भारतमा अर्बपतिको संख्या बढेको छ। फोर्ब्स म्यागाजिनको विश्वका धनाड्यको सूचीमा भारतमा अर्बपतिको संख्या बढेको हो। भारत अर्बपति धेरै भएको तेस्रो देश बनेको छ।
अर्बपतिको संख्याका आधारमा अमेरिका पहिलो र चीन दोस्रो नम्बरमा छन्। भारतमा १९ जना नयाँ अर्बपति थपिएपछि तेस्रो नम्बरमा परेको फोर्ब्समा उल्लेख छ। भारतमा अर्बपतिको संख्या १ सय २१ पुगेको छ। अघिल्लो वर्ष १ सय २ जना अर्बपति थिए।
भारतका अर्बपति अनिल अम्बानीको सम्पत्ति अघिल्लो वर्षको तुलनामा १६ दशमलव ९ बिलियन डलरले बढेको फोर्बसले जनाएको छ। अम्बानीको सम्पत्ति ४० दशमलव १ अर्ब डलर (करिब २ सय ६० लाख करोड भारु) रहेको उल्लेख छ। उनी यो वर्ष पनि भारतका सबैभन्दा धनीको सूचीमा छन्। अम्बानी संसारको १९औं धनी व्यक्ति हुन्। अघिल्लो वर्ष अम्बानी संसारको ३३औं धनी व्यक्तिमा सूचीकृत थिए।
लक्ष्मी मित्तललाई पछि पारेर विप्रो कम्पनीका मालिक अजिम प्रेमजी भारतको दोस्रो धनी बनेका छन्। भारतका स्टिल किंग मानिने लक्ष्मी मित्तल भारतका तेस्रो धनीको सूचीमा छन् भने एचसिएल सफ्टवेयर कम्पनीका मालिक शिव नादर भारतका चौथो धनी बनेका छन्।
औषधि कम्पनी सन फर्माका मालिक दीलिप सांघवी पाचौं धनीमा छन्। भारतको सबैभन्दा धनी महिलाको सूचीमा सावित्री जिन्दल बनेकी छिन्। उनी जिन्दल कम्पनीकी मालिक हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।