काठमाडौं- सरकारले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ६ प्रतिशत रहने जनाएको छ।
अर्थ मन्त्रालयले बुधबार मध्यावधि समीक्षा गर्दै ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने संशोधित लक्ष्य राखेको जनाएको छ। सरकारले यसअघि ७.२ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको थियो।
गत आर्थिक वर्षमा ६.९ प्रतिशत आर्थिक वृद्धि हासिल भएको थियो।
चालु वर्षको अन्त्यसम्ममा सरकारले १० खर्ब ८२ अर्ब ९९ करोड खर्चको अनुमान गरेको छ।
कुल खर्चमध्ये चालुतर्फ ७ खर्ब ३८ अर्ब ९४ करोड रुपैयाँ खर्च हुने अनुमान सरकारले गरेको छ। हाल उक्त बजेटको ४१.२ प्रतिशत खर्च भएको अर्थमन्त्री डा युवराज खतिवडाले बताए।
त्यस्तै, पुँजीगततर्फ २ खर्ब ३४ अर्ब ६२ करोड छुट्याएकोमा हालसम्म २३ प्रतिशत मात्र खर्च भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।