काठमाडौं- रिलायन्स फाइनान्सले चैत १ गतेबाट लिलामीमा सेयर बिक्री गर्ने भएको छ। कम्पनीले ६ लाख ५२ हजार ९ सय ४० कित्ता सेयर लिलामीमा बिक्री गर्न लागेको हो।
त्यसमध्ये ५ लाख ४२ हजार ३१४ कित्ता संस्थापक सेयर रहेको छ भने १ लाख १० हजार ६२६ कित्ता साधारण सेयर छ। फाइनान्सभित्रको अन्तरिक किचलो र बिग्रँदो अवस्थाका कारण संस्थापकहरुले नै हकप्रद सेयर खरिदको लागि आवेदन नगरेको बताइएको छ।
फाइनान्सको लिलामी सेयरमा प्रतिकित्ता १०० रुपैयाँमा आवेदन दिनुपर्नेछ। कम्पनीको दोस्रो बजारमा सेयर मूल्य मंगलबार १ सय २५ रुपैयाँ रहेको छ।
फाइनान्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ। फाइनान्सले गत मंसिरमा हकप्रद सेयर निष्काशन गर्दा आवेदन नपरेको सेयर लिलामीमा निष्काशन गर्न लागेको हो।
कहाँबाट दिने आवेदन?
कम्पनीको लिलामी सेयरमा सनराइज क्यापिटल कमलपोखरी काठमाडौं लिमिटेडबाट आवेदन दिन सकिनेछ। त्यस्तै रिलायन्स फाइनान्सको कार्यालयहरु पोखरा, चितवन, काभ्रे, झापाबाट आवेदन दिन सकिनेछ। साथै, सनराइज बैंकको शाखा कार्यालयहरु विराटनगर, वीरगन्ज, बुटवल, नेपालगन्ज, सुर्खेत र धनगढीबाट दिन सकिनेछ।
उक्त लिलामी सेयरका लागि चैत ८ गतेसम्म आवेदन दिन सकिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।