• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

फेसबुक र भाइबरबाट यसरी हुँदैछ नेपालीको बेहाल

64x64
नेपाल लाइभ मंगलबार, फागुन २२, २०७४  १७:५३
1140x725

काठमाडौं- पर्वत घर भई काठमाडौंको एक कलेजमा स्नातक पढ्ने पवि क्षेत्रीलाई ३ महिनाअघि फेसबुकमा एउटा ‘फ्रेन्ड रिक्वेष्ट’ आयो । 

ब्रायन नामक बेलायतीको ‘फ्रेन्ड रिक्वेष्ट’ थियो त्यो । उनले त्यो रिक्वेष्टलाई एसेप्ट गरिन् । तीनै ब्रायनलाई फेसबुकमा साथी बनाउँदा उनले महंगो मूल्य चुकाउनुपरेको छ । उनको यतिबेला बिचल्ली भएको छ । तीनै ब्रायनले नाटकीय रुपमा उनको ५१ लाख रुपैयाँ ठगी गरेका छन् । 
फेसबुकमा साथी भएपछि उनीहरुबीच च्याट हुन थाल्यो । ब्रायनले बारम्बार फोन पनि गर्न थाले । आफू बेलायतको धनी व्यक्ति भएको र उदार स्वभावको प्रभाव पवीलाई पारे । आफूहरु सहयोगी भावनाको भएको भन्दै सहयोगको प्रस्ताव पनि गरे । 
एक दिन उनलाई आफूले उपहार किनेर ल्याएको भन्दै फोटो खिचेर पठाए । उनी दंग भइन् । त्यसको केही दिनपछि उनलाई भारतबाट फोन आयो । तपाईंको ४० हजार पाउण्ड र महंगा गहनाहरु आएका छन्, त्यो लिनका लागि करवापत केही रकम पठाइदिनु होला । 
उनी विद्यार्थी थिइन् । धेरै पैसा थिएन । साथी लक्ष्मी चापागाईंलाई पनि त्यसबारे थाहा थियो । दुवै जनाले आफन्तहरुसँग पैसा मागेर पटक–पटक गरी ५१ लाख रुपैयाँ पठाए । तर, सामान आएन । ब्रायन पनि फेसबुकमा बोल्न छाडे । त्यसपछि उनीहरु छाँगाबाट खसेजस्तो भए । त्यसपछि उनीहरु उजुरी लिएर काठमाडौं प्रहरीमा पुगे । काठमाडौं प्रहरीले घटनामा संलग्न तीन जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । तर, ठगीका मुख्य नाइके ब्रायन भने पक्राउ पर्ने सम्भावना छैन । 
प्रहरीका अनुसार उक्त सामानको कर लाग्ने भन्दै एक व्यक्तिले दिल्लीबाट उनीहरुलाई फोन गरेका थिए । लाखौंको सामान आउने भएपछि उनीहरु पनि लोभिएर ५१ लाख रुपैयाँ करवापत तिरे । तर, सामान आएन, उल्टो थप करको रकम मात्र माग भइरह्यो । 


उनीहरुलाई हुन्डीमार्फत् करको रकम पठाउन लगाइएको थियो । त्यसरी हुन्डीमार्फत् पैसा पठाउन उनीहरुले कुरियरमा काम गर्ने जयराम कार्कीलाई पैसा दिएका थिए । कार्कीले खिचापोखरीस्थित जय दुर्गा ट्रेड इन्टरनेशनल नामक कम्पनीका प्रबन्धक नारायण अग्रवाललाई पैसा दिएका थिए । नारायणले पंकज अग्रवाललाई दिल्लीमा पैसा पठाएका थिए । नारायण हाल फरार छन् । त्यस्तै उनीसँगै हुन्डीको काम गर्ने राकेश गुप्ता पनि फरार रहेको काठमाडौं परिसरका एसएसपी विश्वराज पोखरेलले बताए । 
प्रहरीले नारायण अग्रवालको नाममा रहेको कस्मेटिक पसलबाट १५ लाख ९२ हजार ६२ रुपैयाँ बरामद भएको छ । उनको मोबाइलमा हुन्डीसम्बन्धी म्यासेजहरु भेटिएकाले परिसरका डिएसपी मोहन थापाले बताए । सो समूहले हरेक महिना करोडौंको हुन्डी गर्दै आएको अनुसन्धानमा खुलेको छ । सो समूहसँग ठगी गर्ने समूहको अनुसन्धान अघि बढाइएको डिएसपी थापाले बताए । यस्तै किमिसका ठगी घटना बारम्बार प्रहरीमा पुग्ने गरेका छन् । 

Ncell 2
Ncell 2
nimb
nimb

नाइजेरियन गिरोह नेपालमा सक्रिय 
सिआईबीले शनिबारमात्र फेसबुकबाट ठगी गर्ने एक जना नाइजेरियनलाई ठमेलबाट पक्राउ गरेको थियो । उनको नाम मार्सेलुस सिगोन्जी चिमुईजे हो । ठमेलको एक होटलमा बसेका उनले सोही होटलका कर्मचारीको बैंक खाता प्रयोग गरी ठगी गर्न खोजेका थिए । 
उनले कम्तिमा ३ जना नेपाली महिलाबाट पैसा लिइसकेका थिए । ती महिलासँग आफुलाई बेलायती व्यापारी बताउने व्यक्तिले उपहार पठाइदिएको भन्दै फेसबुकमा उपहारको फोटो पठाइदिएका थिए । त्यसको केही दिनपछि भारतको विमानस्थलबाट एक जना व्यक्तिले फोन गरे । ‘तपाईंको सामान आइपुगेको छ, त्यसवापत कर रकम पठाइदिनु होला । महंगो उपहार आउने भएपछि ती महिलाहरुले पैसा पठाउन सुरु गरे । 
यसरी एक नेपालीकै खातामा पैसा पठाउन लगाइएको थियो । त्यो खाता ठमेलको एक होटलको कर्मचारीको थियो । खातामा पैसा आए पनि नाइजेरियनले निकाल्न पाएनन् । सिआईबीले सूचना पाएपछि उनलाई पक्राउ गरेको हो । सिआईबीले विगतमा पनि यस्तो ठगीमा संलग्न विभिन्न समूहलाई पक्राउ गरिसकेको छ । 

पाकिस्तानबाट नेपालमा ठगी 
एक पाकिस्तानी गिरोहले भाइबरबाट नेपालमा ठगी गर्दै आएको छ । चिठ्ठा परेको भन्दै सो समूहले एकै व्यक्तिसँग २५ लाख रुपैयाँसम्म ठगी गरेका थिए । यस्ता ठगीमा संलग्न केही व्यक्ति धरानमा पक्राउ परेका छन् । विराटनगरका २३ वर्षीय असिम महत, उनी आमा ४० वर्षीय अनिता महत नवलपरासी घर भई काठमाडौँ बस्ने ३० वर्षीय यसकुमार थापामगर, लमजुङ घर भई काठमाडौँ बस्ने ३७ वर्षीय प्रितम गुरुङ र बाग्लुङ घर भई काठमाडौं बस्ने टीकाराम जैसीलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको डिएसपी रामेश्वर पौडेलेले बताए । 
पक्राउ परेका असिम महत दिल्लीमा बसेर अध्ययन गरी झण्डै डेढ वर्षअघि नेपाल फर्किएका विद्यार्थी हुन् । यसकुमार भने भारतको केरालामा चौकीदार थिए । उनीहरुलाई गिरोहले प्रलोभनमा पारी ठगी गरेका हुन् । उनीहरूले पीडितहरुसँग लिएको केही रकम भारतीय बैंकमा पनि जम्मा गरिदिएका थिए । पाकिस्तानी नम्बरबाट पीडितहरुलाई भाइबरमा चिठ्ठा परेको म्यासेज आएको थियो । 
चिठ्ठाको पैसा लिन सुरुमा केही पैसा पठाउनुपर्ने भन्दै ठगी भएको थियो । पेप्सी लगायत विभिन्न कम्पनीको करोडको चिठ्ठा परेको भनेर ठगी भएको प्रहरीले जनाएको छ । यस्तै किमिसको चिठ्ठा ठगीमा संलग्न गिरोहलाई गत महिना विराटनगरमा प्रहरीले पक्राउ गरेको थियो । फेसबुकमा चिनेकै भरमा विश्वास गर्ने तथा चिठ्ठाको लोभमा फस्दा धेरै जना ठगीएका छन् । जसकारण फेसबुक तथा भाइबर चलाउनेहरु सचेत हुनुपर्ने प्रहरी अधिकारीहरु बताउँछन् । 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

‘कौन बनेगा करोडपति’ का नाममा ठगियो 
सोनी टेलिभिजनको चर्चित कार्यक्रम ‘कौन बनेगा करोडपति’का नाममा समेत ठगी भएको छ । उक्त कार्यक्रमको लक्की ड्रमा २५ लाख भारतको चिठ्ठा परेको भन्दै रुपन्देहीमा ठगी भएको हो । उक्त चिठ्ठाको बैंक डिपोजिट स्वरुप ६० हजार चाहिने भन्दै पैसा लिएर ठगी भएको हो । रुपन्देही प्रहरीले यस्तो ठगीमा संलग्न ३ जनालाई पक्राउ गरेको छ । 
प्रहरीले रुपन्देहीका अंगदकुमार यादब, लुम्बिनीका इवरार हुसेन शेष र राधेश्याम कोइरीलाई पक्राउ गरेको हो । उनीहरुले बुर्तिवाङ बागलुङका नरविर चलाउनेबाट ३० हजार ३ सय, वर्दिवासका नविन कुमार राउतबाट ३७ हजार ५ सय, अमरदहका बसन्तकुमार राजवंशीबाट ३० हजार, चावहिलका टिकादेवी पुलामी मगरबाट ६० हजार, गोर्खाका लक्ष्मी सुनारबाट २५ हजार, स्याङ्जाका दिपक दर्जीबाट ३५ हजार, म्याग्दीका दुर्गा चोचाङ्गीबाट ७५ हजार रुपैयाँ लिएका थिए । 
त्यस्तै काठमाडौका टोपिन्द्र प्रसादबाट ६० हजार, काठमाडौका सुरेश रामबाट ३० हजार, सर्लाहीका मनिषा श्रेष्ठबाट ४० हजार, सिन्धुपाल्चोकका नुर्पु तामाङ्गबाट ४४ हजार ७ सय, सविता थापाबाट २५ हजार र पर्वतका सुनिल बाट २९ हजार ७ सय रुपैयाँ लिएका थिए । ती व्यक्तिहरुलाई एसमएस पठाई भ्रममा पारेर ठगी गरेका हुन् । 

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०७४  १७:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन आइतबार, कात्तिक १, २०८३
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य आइतबार, कात्तिक १, २०८३
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्