• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

साग खेलकुद छाडेर किन कतार भागिन् कीर्तिमानी खेलाडी?

मन्दिर जान्छु भनेर कतारतिर!
64x64
ऋग्वेद शर्मा शुक्रबार, मंसिर १३, २०७६  २१:२४
1140x725

काठमाडौं- देश साग खेलकुदमय हुँदैछ। सागका लागि भौतिक पूर्वाधार निर्माण भइरहकै छन्। केही काम चल्ने शैलीमा, केही खेल चल्ने शैलीमा! 

नेपालमा तेस्रो पटक आयोजना भइरहेको खेलकुम्भ १३औँ दक्षिण एसियाली खेलकुद (साग)को आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्दैछिन्। उद्घाटनअघि नै भलिबलका खेलहरू चलिरहेका छन्।

अरू खेलका खेलाडीहरू पनि नियमित अभ्यासमा छन्। पदाधिकारीहरू अन्तिम दौडधूपमा छन्। सरकार आफ्नो उपलब्धीको सूचिमा एक बुदा थप्ने तयारीमा छ। 

क्लोज क्याम्पमा रहेर त्यसरी अभ्यास गरिरहेका खेलाडीहरूमा बिहीबार बिहानदेखि एक खेलाडी भने छैनन्। सागमा सहभागी हुन विदेशी खेलाडीहरु त्रिभुवन विमानस्थलबाट नेपाल आइरहँदा त्यही विमानस्थलबाट कीर्तिमानी नेपाली खेलाडी तुलसा खत्री भने कतार लागिन्। 

तर, त्यसले कसैलाई फरक पारेको छैन। अन्तिम समयमा खेलाडी नहुनुले पारेको असरभन्दा बढी तुलसाको पलायनले नेपाली खेलकुदले फेरि पनि महसुस गर्ने छैन। तुलसा कतार पलायन भएको सुनेर खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले निकालेको हाँसो त्यसैको उदाहरण हो। एथ्लेटिक्सका मुख्य प्रशिक्षक चन्द्र गुरुङले कमजोर आवाजमा ‘कम्तिमा साग सकिएपछि गइदिएको भए हुन्थ्यो’ भनेर देखाएको निरिहता यहाँ खेलेर केही हुँदैन भन्ने अर्को प्रमाण। 

आर्थिक अवस्था सुधार गर्न नेपाल आर्मीकी खेलाडी तुलसाले प्रशिक्षकहरूलाई ढाँटेर क्लोज क्याम्पबाटै भागिन्। खेलकुम्भमा यो राष्ट्रिय लज्जाको विषय हो। राष्ट्र खेल उत्सवमा लागिरहँदा कीर्तिमानी एक खेलाडी विदेश पलायन हुनुले दशरथ रंगशाला वरपरको साग तामझामलाई गिज्याइरहेको छ। 

गएको कात्तिक ५ गते चीनको उहानमा भएको सातौँ विश्व सैनिक गृष्मकालीन खेलकुद प्रतियोगितामा तुलसाले चार सय मिटर दौडमा राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। २१ देशका धावकले प्रतिस्पर्धा गरेको प्रतियोगितामा तुलसाले दुरी ५९.५७ सेकेण्डमा पूरा गरेकी हुन्। यसअघि चार सय मिटरमा राष्ट्रिय कीर्तिमान ५९.९० सेकेण्डको रहेको थियो। जुन कीर्तिमान २०१० मा प्रमिला रिजालले राखेकी थिइन्।

९ वर्ष पुरानो कीर्तिमान भर्खरै तोडेकी तुलसा सागको लागि भइरहेको क्लोज क्याम्पबाट बिहीबार बिहान व्रत साङ्गे गर्न मन्दिर जान्छु भनेर कतार भागिन्। नेपाली खेलाडी विदेश पलायन हुनु नौलो कुरा हुन छाडिसक्यो। केशरी चौधरीहरूको पलायन पचाइसकेको नेपाली खेलकुदले विभागीय टिम छाडेर सागको मुखैमा भागिदिने तुलसाको पलायन भने सजिलै पचाउन सक्ने छैन। उनमा पदक जित्ने खुबी देखेका एथ्लेटिक्स प्रशिक्षकहरूलाई त झन् यसले नराम्रो सताउनेछ। 

Ncell 2
Ncell 2
nimb
nimb

तुलसाले राष्ट्रिय टिमको क्याप किन छाडिन् त? उत्तर आर्थिक अवस्थासँग जोडिने भए पनि हामीले मुख्य प्रशिक्षक चन्द्र गुरुङलाई प्रश्न सोध्यौँ। उनी भन्छन्– ‘उनले क्याम्प छोडेको होइन। हामीलाई छलेर ढाँटेर भागेको हो।’

तुलसाले साथीहरुलाई आफू कतार जाने तयारीमा रहेको बताए पनि प्रशिक्षकलाई भने केही भनेकी थिइनन्। उनी मन्दिर जान्छु भनेर बिहान ५ बजे नै क्याम्पबाट हिँडेकी थिइन्। बिहान साढे ८ बजे अभ्यास सुरु हुने समयसम्म आइनपुगेपछि खोजी सुरू भयो। 

तुलसाले बिहान प्रशिक्षकलाई एउटा म्यासेज गरेकी थिइन्– म आउन अलि ढिलो हुन्छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यही म्यासेजको आधारमा बसिरहेका प्रशिक्षकहरु ११ बजेसम्म पनि उनी नआएपछि भने तनावमा परे। फोन गर्दा सम्पर्क भएन। सबै आफ्नो काममा व्यस्त भए। दिउँसोको अभ्यास सुरु हुने समय साढे ३ बजे फेरि उनको खोजी भयो। प्रशिक्षकहरुले फोन गर्दा उनको मोबाइल अफ आयो। 

प्रशिक्षक गुरुङ भन्छन्– ‘दिउँसोको अभ्यास हुने बेलासम्म पनि नआएपछि हामीले उनको साथीहरुलाई सोधेका हौँ। सबैलाई केरकार गरेपछि बल्ल थाहा भयो कतार भागेको पो रहेछ। विभागीय टिम आर्मीमार्फत बुझ्दा पनि भागेको भन्ने जानकारी नै पाएँ।’

त्यसपछि के भयो ? प्रशिक्षक गुरुङकै भनाइमा....
त्यसपछि मैले राष्ट्रिय टिम तयारी समितिका संयोजक रिम रानाभाटलाई जानकारी गराएँ। बिहीबार बेलुका खेलकुद मन्त्रीको अगाडि नै मैले खेलाडी त भाग्यो भन्दा उहाँ पनि हाँस्नु भयो। आज मैले सबैलाई लिखित जानकारी गराएको छु। यस्तो समयमा आएर उनी भाग्दा म निकै दुःखी छु।

उनले विभागमा म्यासेज पठाएको थियो रे। मैले तपाईहरुलाई ढाँटे। खेल खेल्न चाहँदा चाहँदै पनि आफ्नो करियर बनाउनका लागि मैले हजुरहरुसँग झुट बोलेँ भनेर बिहीबार बिहान १०ः३९ मा म्यासेज पठाएको आर्मी विभागबाट जानकारी पाएँ। 

बेलैमा थाहा भएको भए रोक्न सकिन्थ्यो, तर अब के थाहा, त्यसरी भाग्छ भन्ने हाम्रो दिमागमा आउँदै आएन। 

उनको अभावमा टिममा हुने नै छ। तर उनकै विकल्पमा अरुणा रिजाल छिन्। चार सय मिटर दौडमा उनी हुन्छिन्। हडल्स दौडमा कल्पना श्रेष्ठ मात्रै दौडिने भइन्।

तुलसा ४०० मिटर र ४०० मिटर हडल्स र रिलेमा थिइन्। उनी हुँदा रिलेमा हामीले निकै आश गरेका थियौं। तर उनी भागिन्। हामीलाई निकै ठूलो झड्का लागेको छ।

मलाई लाग्छ, सरकारको लगानीमा यत्रो क्लोज क्याम्प बसेर भाग्नेलाई जहाँबाट भए पनि झिकाएर कडा कारबाही गर्नु पर्छ। 

जानै थियो भने हामीसँग सल्लाह गर्नु पर्छ नि। उसको करियर बन्छ भने साग खेलकुद पछि पनि भिसालाई डिले गरेर पठाउने थियौं। जम्मा ८–९ दिनको कुरा थियो। सकी हाल्थ्यो। भिसा डिले गर्ने प्रावधान छ। हामी स–सम्मान गरेर पठाउने थियौं। 

साग खेलकुदको मुखैमा आएपछि धोका दिएर जाँदा म निकै दुःखी छु। अब त कस्तो भयो भने क्याम्पमा बस्ने खेलाडीको तीन पुस्ते दायाँ बायाँ लगाएर पासपोर्ट लिएर राख्नु पर्ने अवस्था आयो। 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर १३, २०७६  २१:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्