धनगढी- प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाएका छन्।
मंगलबार भएको निर्वाचनमा मुख्यमन्त्री भट्टको पक्षमा ३८ जनाले समर्थन गरे। उपस्थित ४८ मध्ये भने १० जनाले विपक्षमा मतदान गरेका थिए। ४ जना भने अनुपस्थित थिए। अनुपस्थित सबै कांग्रेसका हुन्।
यो प्रदेशमा कुल ५३ जना सांसद छन्। सभामुखले भने मतदान गरेनन्।
भट्टलाई पक्षमा नेकपा एमाले र माओवादी केन्द्रले समर्थन गरेका थिए। कांग्रेस र राष्ट्रिय जनता पार्टीका सांसदले विपक्षमा मत दिएका थिए।
प्रदेशसभामा एमालेका २५ र माओवादी केन्द्रका १४ जना सांसद छन्।
भट्टका प्रस्तावक माओवादी केन्द्रका सांसद वीरमान चौधरी र समर्थक नेकपा एमालेका सांसद तारा लामा तामाङ थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।