काठमाडौं– पार्सलभित्र लुकाएर हङकङमा गाँजा तस्करी गर्न खोज्ने व्यक्ति हुलाक कार्यालयमै समातिएका छन्। तनहुँको बन्दीपुर घर भएका देउबहादुर गुरुङलाई लागूऔषध नियन्त्रण ब्यूरोले मंगलबार सुन्धारास्थित हुलाक कार्यालयबाट पक्राउ गरेको हो।
उनले हुलाकको भन्सार शाखामा ग्रिन टी भन्दै एक केजी ३ सय ९० ग्राम गाँजा पार्सलबाट हङकङ पठाउन लागेका थिए। ग्रिन टी स्टिकरको कलर फोटोकपीको ७ वठा प्याकेटमा लुकाएर उनले चरेश तस्करी गर्न खोजेका थिए।
सोधपुछका क्रममा उनी सामान छाडेर भाग्न खोज्दा पक्राउ गरिएको प्रहरीले जनाएको छ। पहिले नै सूचना पाएर ब्यूरोबाट खटिएका प्रहरी त्यहाँ पुगेका थिए। उनले विगतमा पनि त्यसरी चरेश तस्करी गरेको हुनसक्ने प्रहरीको आशंका छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।