काठमाडौं- संसदले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको गठन गरेको छ।
संसद् बैठक सञ्चालन गर्न, बैठकको सुव्यवस्था कायम गर्न र संसद् अन्तर्गतका समितिहरुको गठन लगायतका काम-कारबाहीका लागि मस्यौदा समिति गठन गरिएको हो। समितिमा १३ जना सदस्य छन्।
सदस्यहरुमा कृष्णभक्त पोखरेल, जुलीकुमारी महतो, देव गुरुङ, दिलेन्द्रप्रसाद बडु, मिनबहादुर विश्वकर्मा, प्रेम सुवाल, वृजेष गुप्ता छन्। त्यस्तै, मिनेन्द्र रिजाल, रविन्द्र अधिकारी, रेशा शर्मा, लक्ष्मणलाल कर्ण, विन्दा पाण्डे, विमलप्रसाद श्रीवास्तव पनि समितिमा छन्।
एमाले नेता भानुभक्त ढकालले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको गठन गरियोस् भन्ने प्रस्ताव संसदमा पेश गरेका थिए। सो प्रस्तावलाई माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले समर्थन गरेका थिए। ज्येष्ठ सदस्यको रुपमा सभामुख रहेका महन्थ ठाकुरले निर्णयार्थ पेश गरेको प्रस्तावलाई संसदले बहुमतले पारित गरेको थियो।
बैठकले फागुन २६ गतेका लागि हुने सभामुखको निर्वाचनको सूचना प्रकाशन गर्न संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्देशन दिएको छ।
संसदको अर्को बैठक फागुन २६ गते शनिबार दिउँसो १ बजे बस्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।