सुनसरी- सुनसरीको चतरास्थित आश्रमका सिद्धबाबा कृष्णदास गिरीमाथि बलात्कारकाे आराेप लागेकाे छ।
सिद्धबाबामाथि एक महिलाले बलात्कारको आरोप लगाएकी हुन्। महिलाकाे उजुरीपछि थप अनुसन्धानका लागि उनलाई पक्राउ गर्न लागिएको सुनसरी प्रहरीले जनाएको छ।
सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक यज्ञ बिनोद पोखरेलले पीडितले काठमाडौंमा उजुरी दिएको र आफूहरुलाई अनुसन्धानको लागि निर्देशन आएकाे जानकारी दिए।
सिद्धबाबाले गत कार्तिक ४ मा आफ्नै अनुयायी महिलालाई भेट्न बोलाएर चतरास्थित आश्रममै बलात्कार गरेको पीडित महिलाले दिएको जाहेरीमा उल्लेख छ। समाचारमा आएजस्तो प्रहरीले दर्ता नै नगरेको र चासो नदिएको भन्ने आराेप गलत भएको उनको भनाइ छ।
सिद्दबाबा यसअघि पनि दुईवटा नागरिकता र जडिबुटी तस्करीकाे विवादमा मुछिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।