काठमाडौं– हुण्डी कारोबारमा संलग्न म्यानपावर संचालकसहित दुई जना पक्राउ परेका छन्। अपराध अनुसन्धान महाशाखा टेकुको टोलीले हुण्डी कारोबारमा संलग्न अन्जनी ओभर्सिस प्रालिका सञ्चालक गोवर्धनप्रसाद सरावगी र अर्का एक जनालाई बिहीबार पक्राउ गरेको हो।
पक्राउ पर्ने अर्का व्यक्ति अर्घाखाँचीकाे शितगंगा नगरपालिकाका २३ वर्षीय कृष्णप्रसाद भट्टराई रहेका छन्। म्यानपावर सञ्चालक सरावगीले हुण्डी गर्न दिएको ३० लाख नगद तथा अवैध ८ लाख १२ हजार नगदसहित विभिन्न व्यक्तिका नामको चेक समेत प्रहरीले बरामद गरेको वरिष्ठ उपरिक्षक सहकुलबहादुर थापाले जानकारी दिए।
घटनाका बारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।