• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक २२, २०८३ Sun, Nov 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

श्याम शरणको दाबी पूर्वपरराष्ट्र सचिव आचार्यद्वारा खण्डन

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर १३, २०७६  ११:१०
1140x725

काठमाडौं- भारतीय पूर्वविदेश सचिव एवम् नेपालका लागि पूर्वराजदूत श्याम शरणको दाबीलाई नेपालका पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्यले खण्डन गरेका छन्।

भारतीय अंग्रेजी अखबार इन्डियन एक्सप्रेसमा बुधवार एक लेख लेख्दै श्याम शरणले केवल बयानबाजी अर्थात् लफ्फाजीका लागि नेपालीहरूले सीमा मिचिएको कुरा उठाउने गरेको अरोप लगाएका थिए। त्यति मात्रै होइन उनले त्यस्ता कुरा उठाए पनि निरन्तर संवादका लागि नेपाली पक्ष अनिच्छुक देखिने गरेको लेखमा थिए। ‘मेरो आफ्नै अनुभव यस्तो छ कि नेपाली पक्षले यस्ता मुद्दा लफ्फाजीका लागि उठाउँछन्। तर, निरन्तर संवादका लागि अनिच्छुक देखिन्छन्,’ उनले लेखेका छन्, ‘नेपाल-भारत मैत्री सन्धि पुनरालोकनका कुरामा पनि यस्तै भयो। सन् २००१ मा विदेश सचिव तहमा संशोधित सन्धिसहित वार्ता गर्न भारत तयार भयो। जसले नेपालीका आँखामा सम्मान महसुस गराउथ्यो। तर केवल त्यसमा एक चरणको मात्रै कुरा भयो।’

सन् २००२ देखि २००४ सम्म नेपालका लागि राजदूत समेत रहेका शरणले आफू वार्ता गर्न तयार हुँदा पनि नेपाली पक्षले वार्ताबाट एजेन्डा नै हटाएको दाबी गरेका छन्। ‘म नेपालमा राजदूत हुँदा सन् २००३ को सविच स्तरको वार्तामा नेपाली पक्षबाट यसमा वास्तविक रुपमा कुरा हुने कुनै अपेक्षाविना बैठकको एजेन्डामा त्यो मुद्दा राख्न अनुरोध गरेको थिएँ’, श्याम शरणले लेखेका छन्, ‘जब हामीले सन्धि पुनरालोकन लागि ठोस रुपमा कुराकानी गर्न तयार भएको जानकारी दियौं, नेपाली पक्षले वार्ताको कार्यसूचिबाटै त्यसलाई हटाइदिएको थियो।’

Ncell 2
Ncell 2
nimb
nimb

तर, त्यही अवधिमा परराष्ट्र सचिव रहेका आचार्यले त्यसलाई ठाडै इन्कार गरेका छन् । ‘सन् १९५० को सन्धिको विषयलाई द्विपक्षीय वार्ताबाट नेपालले नै हटाएको भन्ने शरणको दाबीबारे त्यतिबेलाको कुरा जस्ताको तस्तै राख्नुपर्दा, शरण आफै हुन् जसले प्रधानमन्त्री देउवा (शेरबहादुर देउवा) को सन् २००२ को भारत भ्रमणका क्रममा कालापानी र १९५० को सन्धिलाई संयुक्त वक्तव्यबाट हटाउन लविङ गरेका थिए,’ शरणको लेखमाथि बिहीबार समाजिक संजाल ट्वीटरमा प्रतिक्रिया जनाउँदै उनले लेखेका छन्।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

सन् २००१ देखि २००५ सम्म नेपालको परराष्ट्र सचिव रहेका आचार्यले दोस्रो ट्वीटमा सन् १९५० को सन्धि र कालापानीको विषयलाई संयुक्त वक्तव्यबाट हटाउन शरणले नै दुईजना प्रभावशाली नेपाली राजनीतिक व्यक्तित्वलाई पठाएको खुलासा गरेका छन्। ‘सन् १९५० को सन्धि र कालापानीको विषय हटाउनका लागि मलाई कन्भिन्स गर्न शरणले दुईजना प्रभावशाली नेपाली राजनीतिक व्यक्तित्वलाई पठाए,’ आचार्यले लेखेका छन्, ‘हामीले जोड गरिरह्यौँ र त्यो एजेन्डा जीवित राख्न सक्यौँ, त्यसमा नेपालको अडान परिवर्तन नगर्ने प्रधानमन्त्री देउवाको बुद्धिमानीलाई पनि धन्यवाद भन्नुपर्छ!’

सन् २००२ को मार्चमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको भ्रमण गरेका थिए। पूर्वपरराष्ट्र सविच आचार्यले भने झैँ देउवाको भ्रमणपछि जारी गरिएको संयुक्त वक्तव्यमा सन् १९५० को सन्धि र कालापानीलाई समेटिएको छ। वक्तव्यको २७औं बुँदामा कालापानीको बाँकी विषय शीघ्र टुंग्याउन संयुक्त कार्यदललाई निर्देशन दिइएको छ। ‘दुवै प्रधानमन्त्रीले संयुक्त प्राविधिक तहको सीमा समिति अन्तर्गतको ‘जोइन्ट वर्किङ ग्रुप’लाई दुवैपक्षको फरक बुझाइ रहेको कालापानीसहित पश्चिमी क्षेत्रको सीमा रेखांकन सम्बन्धित काम शीघ्र पूरा गर्न पनि निर्देशन दिए,’ वक्तव्यमा भनिएको छ।

वक्तव्यको २८औं बुँदामा सन् १९५० को नेपाल-भारत मैत्री सन्धिबारे उल्लेख गरिएको छ। भनिएको छ, ‘नेपाल र भारतका विदेश सचिवले सन् १९५० को सन्धिसँग सम्बन्धित सबै मुद्दाको समीक्षा गर्ने पहिलेकै निर्णय अुनसार दुवै देशका विदेश सचिवले सन् २००१ को जनवरीमा पहिलो चरणको छलफल गरेका थिए र त्यसलाई जारी राख्ने प्रधानमन्त्रीले उल्लेख गर्नुभयो।’

प्रकाशित मिति: शुक्रबार, मंसिर १३, २०७६  ११:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भिजन क्लबस इन्टरनेसनलद्वारा तीन जना सामाजिक अभियन्ता पुरस्कृत
गगनले भने- घृणा, प्रतिशोध, पूर्वाग्रह त्यागौँ
२१ रनमै पाँच विकेट गुमाएको लुम्बिनी काठमान्डुसँग ३६ रनले पराजित
सम्बन्धित सामग्री
गगनले भने- घृणा, प्रतिशोध, पूर्वाग्रह त्यागौँ थापाले नेपाल संवत्को अवसरमा सबैमा सुख, शान्ति र समृद्धिको कामना गर्दै ‘न्हूदँया भिन्तुना’ व्यक्त गरे । शनिबार, कात्तिक २१, २०८३
देउवाको प्रश्न– ‘१८ करोड दिएर पार्टी किनियो भन्ने कुरा सानो हो ?’ शनिबार राष्ट्रिय सभागृहमा देउवा पक्षले आयोजना गरेको जिल्ला अधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले १८ करोड रुपैयाँको लेनदेनको दाबीप्रति... शनिबार, कात्तिक २१, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक जानकारहरूका अनुसार, गगनलाई पक्राउ गर्दा विपक्षीहरू संगठित हुने, सरकारलाई अझ असहज हुने र अन्तर्राष्ट्रिय रूपमा पनि प्रश्न उठ्ने निष्क... शनिबार, कात्तिक २१, २०८३
ताजा समाचारसबै
भिजन क्लबस इन्टरनेसनलद्वारा तीन जना सामाजिक अभियन्ता पुरस्कृत शनिबार, कात्तिक २१, २०८३
गगनले भने- घृणा, प्रतिशोध, पूर्वाग्रह त्यागौँ शनिबार, कात्तिक २१, २०८३
२१ रनमै पाँच विकेट गुमाएको लुम्बिनी काठमान्डुसँग ३६ रनले पराजित शनिबार, कात्तिक २१, २०८३
देउवाको प्रश्न– ‘१८ करोड दिएर पार्टी किनियो भन्ने कुरा सानो हो ?’ शनिबार, कात्तिक २१, २०८३
वार्नर–साहिलको शतकीय साझेदारी, काठमान्डुले लुम्बिनीलाई दियो १६१ रनको लक्ष्य शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
घट्यो सुनचाँदीको मूल्य शुक्रबार, कात्तिक २०, २०८३
विश्वकप छनोट नेपालमा हुने, खेल तालिका सार्वजनिक शनिबार, कात्तिक २१, २०८३
४८ घण्टामा डा. गोविन्द केसीको माग पूरा गर्न सरकारलाई अल्टिमेटम, नत्र चिकित्सक संघ आन्दोलनमा उत्रने शुक्रबार, कात्तिक २०, २०८३
देउवाको प्रश्न– ‘१८ करोड दिएर पार्टी किनियो भन्ने कुरा सानो हो ?’ शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन राजेश कुमार कर्ण
सम्पादकीयः ‘गिजोलिएको’ इनम प्रकरण र बालेन–रविको परीक्षा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
त्रासबीच बसेकाे नेपाल सरकारका सचिवहरूकाे बैठकका सात निर्णय (निर्णयसहित) सोमबार, कात्तिक १६, २०८३
पत्रकार पक्राउको भित्री कथाः प्रहरीको चेन अफ कमान्डमै खेलवाड ! आइतबार, कात्तिक १५, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
साढे ७३ करोड बिगो माग गर्दै पूर्वप्रधानमन्त्री र मन्त्रीसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, सार्वजनिक जग्गा छुटमा भ्रष्टाचार गरेको आरोप मंगलबार, कात्तिक १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्