काठमाडौँ- नेपालको दुईदिने औपचारिक भ्रमण सकेर पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासी स्वदेश प्रस्थान गरेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उनलाई अर्थमन्त्री डा युवराज खतिवडा र परराष्ट्र सचिव शंकरदास वैरागीले बिदाइ गरे। त्यसअघि उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका थिए। साथै उनले सार्क सचिवालयमा आयोजित कार्यक्रमलाई पनि सम्बोधन गरे।
बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग उनले भेट गरेका थिए। हिजो नेपाल आएका अब्बासीले हिलै नेपाली समकक्षी प्रधामन्त्री केपी शर्मा ओलीसँग पारस्परिक हित र चासोका विविध विषयमा छलफल गरेका थिए।
नेपाल आउनासाथ उनलाई टुँडिखेलमा 'गार्ड अफ अनर' दिइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।