कैलाली- कैलालीको धनगढीमा लागूऔषधको कारोबार गर्ने तीनजना पक्राउ परेका छन्। कैलाली प्रहरीले बिहीबार राति धनगढीको एक होटलबाट उनीहरुलाई पक्राउ गरेकाे हाे।
पक्राउ पर्नेहरुमा धनगढी उपमहानगरपालिका- ५ जाई बस्ने २८ वर्षीय इन्द्रजित धामी, धनगढी उपमहनगरपालीका- ८ बस्ने १८ वर्षिया एलिसा तामाङ र बाजुरा त्रिवेणी नगरपालिका ३ घर भई हाल जिल्ला कैलालीकाे उपमहनगरपालीका १ बस्ने १९ वर्षिया मोनिका थापा भन्ने मोनिका बुढा रहेका छन्।
होटलमा लागूऔषधको कारोबार भई रहेको भन्ने सूचनाको आधारमा प्रहरी टोलीले पक्राउ गरेको हो। उनीहरुकाे साथबाट प्रहरीले ३ ग्राम ७ सय ६० मिलिग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ। कैलाली प्रहरी प्रवक्ता दक्षकुमार बस्नेतले उनीहरुविरुद्ध लागूऔषध मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।