काठमाडौं– मानव बेचबिखनको आरोपमा पक्राउ परेका प्रेम खड्का भनिने डुलबहादुर खड्का जेल चलान भएका छन्।
उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले मानव बेचबिखन तथा आसोरपसार र संगठित अपराधमा मुद्दा चलाएको थियो।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले खड्कालाई बिहीबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो।
नेपाल सरकारबाट श्रम स्वीकृत नै नगरी विदेशमा रोजगारीको लागि पठाउँछु भनेर मानव तस्करी गरेको भन्दै सिआइबीले उनलाई पक्राउ गरेको थियो।
खड्काले अन्य व्यक्तिसँग मिलेर नेपाली महिलालाई १ महिनासम्म भारतका विभिन्न होटलमा पुर्याएर अलपत्र पारेको अवस्थामा माइती नेपाल र भारतीय संस्थाको सहयोगमा उनीहरुको उद्दार गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।