काठमाडौं- उन्नति माइक्रोफाइनान्सको साधारण सेयर (आइपिओ) को दोस्रो बजारमा कारोबार खुल्ला भएको छ। कम्पनीको आइपिओलाई नेप्सेले १ सय ६८ दशमलव ५९ रुपैयाँदेखि ५ सय ६ रुपैयाँसम्मको ओपनिङ रेन्ज दिएको छ।
कम्पनीको सेयर दोस्रो बजारमा युएमबी (UMB) को सिम्बोलबाट कारोबार गर्न सकिनेछ। कम्पनीको ५ लाख ५० हजार कित्ता आइपिओ गत सोमबार नेप्सेमा सूचीकृत भएको थियो।
उन्नतिले पुस २१ देखि २५ सम्मको पुँजीको ३० प्रतिशत साधारण लगानीकर्ताका लागि आइपिओ जारी गरेको थियो। आइपिओमा कुल २ लाख ४४ हजार ४ सय २७ जना स्वीकृत आवेदकमध्ये गोलाप्रथाबाट १५ हजार १५ जना आवेदकले सेयर पाएका थिए।
उन्नति माइक्रोफाइनान्सको केन्द्रीय कार्यालय रुपन्देहीमा छ। हाल यसको १० जिल्लामा २७ वटा शाखा कार्यालय सञ्चालित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।