जनकपुर-महोत्तरीको पिपरा गाउँपालिका-४मा बम बिस्फोट भएको छ।
मंसिर १४ गते हुन लागेको उपनिर्वाचनका उम्मेदवारसमेत रहेका विक्रम चौधरीको घरपछाडि बम बिस्फोट भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए।
चौधरी सत्तरुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उमेदवार हुन्। विस्फोटबाट कुनै मानवीय क्षति भने नभएको तर शौचालयको ढोका र पर्खालमा भने क्षति पुगेको एसपी अधिकारीले बताए। बम विस्फोट भएकै स्थानमा चौधरीले चुनाव प्रचार-प्रसारका लागि कार्यालय समेत राखेका थिए।

उनी हाल नेकपा महोत्तरीका अध्यक्ष समेत रहेका छन्।
चुनावी सुरक्षा व्यवस्थापन तथा आचार संहिताको निरिक्षण गर्न सुरक्षा अधिकारीहरुको टोली पुगेकै बेला उक्त बम विस्फोट भएको थियो।
उपनिर्वाचनको मौन अवधि सुरु भएपछि सुरक्षा अधिकारी सहितको टोली निरिक्षणमा पुगेको थियो।
विस्फोट कसले र किन गरेको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।