काठमाडौं- चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गा चेकप्वाइन्टमा १६ किलो लागुऔषध चरेशसहित २ जना पक्राउ परेका छन्।
बिहीबार बिहान धादिङबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८३८५ र ना १ ज ५५८२ नम्बरको बस चेकजाँच गर्ने क्रममा सोही बसमा यात्रा गरी आएका मकवानपुर थाहा नगरपालिका-२ पालुङका ५१ वर्षीय प्रताप मोक्तान र सोही नगरपालिका-७ घर हुने १९ वर्षीय सन्तोष खत्रीले झोलाभित्र लुकाएर ल्याउँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो।
कालो रङको झोलाभित्र लुकाएको अवस्थामा करीब १६ किलो लागु औषध चरेश फेला परेको हुँदा उक्त लागु औषध महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाएको प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।