काठमाडौं- डक्स्कुलद्वारा आयोजित क्लिनिक काठमाडौंको छैटौं संस्करण ३ डिसेम्बरदेखि ८ डिसेम्बरसम्म काठमाडौमा हुने भएको छ।
कार्यशालमा दक्षिण एसियाका विभिन्न देशका गरी १० वटा वृत्तचित्र प्रोजेक्ट तथा ६ जना सल्लाहकार सहभागी हुनेछन्।
यो नेपाली तथा दक्षिण एसियाली फिल्मेकरहरूका लागि २०१४ देखि सुरु भएको प्रोजेक्ट डेभलभमेन्ट कार्यक्रम हो। सुरुवातदेखि क्लिनिक काठमाडौंबाट ३० भन्दा बढी चलचित्र लाभान्वित भइसकेका छन्।
हरेक वर्ष क्लिनिक.काठमाडौंले कर्याशाला गरी चलचित्रका पटकथा विकासमा सहयोग गर्नुका साथै निर्माण सहायता गर्दै आएको छ।
यसपटकको क्लिनिक डक्युमेन्ट्री ल्याबमा श्रीलंका र नेपालमा विशेष केन्द्रित रहने छ। यसवर्ष यी दुवै देशमा कार्यशाला आयोजना गरिएको थियो। यी कार्यशालमा आएका प्रोजेक्ट मध्येबाट छानोटमा परेका १० प्रोजेक्टहरूलाई ३ महिना व्यक्तिगत निगरानी गरी सल्लाह सुझाव दिइएको थियो। नेपाल र श्रीलंका दुवै देशमा व्यक्तिगत सल्लाहका लागि विशेष सेसन गरिएका थिए।
कार्यशालाका लागि विविध अनुभव भएका ६ जना एडभाइजर आउने निश्चित भएको छ। डक्युमेन्ट्री ल्याबमा सहभागी हुने एडभाइजरहरूमा जेलिग डक्युमेट्री स्कुल इटालीका हाइदी ग्रोउनर, क्यु फिल्म फेस्टिभल जकार्ताका संस्थापक तथा फिल्म प्रोग्रामर जोन बदालु, जर्जीयाकी फिल्ममेकर एडभाइजर सालोम जाशी, नेदरल्याण्डसका फिल्मेकर र एडभाइजर अल्बर्ट एल्निङ र डक स्कुलका क्षितिज अधिराज छन्।
अभिमन्यु दिक्षित (चेजिङ रेन्बोसज), सचिन घिमिरे (पुन्टेको पाङ्ग्रो), अस्मिता श्रीस(आन्टी गंगा) कार्यशालमा नेपालका सहभागी हुनेछन्। लाहेरु मधुशांका तथा लेखा एदिरेसिंघे, सामिरा सेथायाङ्गे र रिनोशन सुमिमान श्रीलंकाका सहभागी रहेनछन्।
ओमेन सिनेमा फेलोसिपका २ महिला फिल्मेकर पनि कार्यशालामा सहभागी हुनेछन्। जसमा बंगलादेशकी रयान साएमा र श्रीलंकाकी मधुभाषिनी छन्।
सहभागी मध्ये एक जनालाई डक स्कुलले फ्रिडम फिल्मेकर अवार्ड दिनेछ। अन्य सहभागीले डकएज कोलकाता र आइएफएफआर रोटेरडममा छनोट हुने अवसर पाउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।