तनहुँ–जिल्लामा शान्ति सुरक्षा कायम गर्न महत्वपूर्ण भूमिका निभाएकोमा उद्योगी÷व्यवसायीले तनहुँका प्रहरी प्रमुख एसपी उमेशराज जोशीलाई सम्मान गरेका छन्। तनहुँ उधोग बाणिज्य संघ, दमौलि बजार इकाईले सोमबार एसपी जोशीलाई सम्मान गरेको हो।
अघिल्लो हप्ता दमौलि स्थित भुपाल हार्डवेयरका सञ्चालक भुपाल आलेलाई धम्काउने व्यक्तिलाई मध्यराती प्रहरीले फिल्मी शैलीमा पक्राउ गरेको थियो। १५ लाख फिरौती माग्दै एक व्यक्तिले पैसा नदिए बच्चा अपहरण गर्ने भन्दै धम्काएका थिए।
धम्काउन घर अगाडि राखेको गाडीको सिसा फुटाउने र बम हानि ध्वस्त पार्ने सम्मको धम्की दिएका थिए।
घटनाको जानकारी पाएपछि एसपी आफैं अनुसन्धानमा खटिएर धम्की दिने रिसिङका तिल बहादुर सारुलाई पक्राउ गरेका थिए। आलेले पैसा दिएलगत्तै उनलाई प्रहरीले पक्राउ गरेको थियो। जिल्ला अशान्ति मच्चाउनेहरुलाई पक्राउ गर्न सफल भएको भन्दै संघले एसपी जोशीलाई सम्मानित गरेको हो। हरेक अपराधका घटनामा छिटो ‘रेस्पन्स’ गरी अभियुक्तलाई पक्राउ गरेको भन्दै सम्मान गरिएको व्यवसायीले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।