काठमाडौं- ८ लाख रुपैयाँसहित २ जना हुण्डी कारोबारी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काठमाडौं नरदेवीका ५८ वर्षीय गोवर्धन प्रसाद सरावगी र अर्घाखाँचीको सितगंगा नगरपालिका-४का २३ वर्षीय कृष्णप्रसाद भट्टराई छन्।
उनीहरुलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बिहीबार न्यूरोडबाट पक्राउ गरेको हो।
उनीहरुको साथबाट हुण्डी गर्न लागिएको ८ लाख १२ हजार नगद र ३० लाख रुपैयाँको चेक बरामद भएको महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।