कास्की– पोखरामा बसको ठक्करबाट दुई प्रहरीको मृत्यु भएको छ।
इतबार बेलुका पोखरा लेखनाथको विजयनगरमा पोखराबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा ४ ख ५७५८ नम्बरको बसले विपरित दिशाबाट आउदै गरेको ग ११ प ३६४५ नं. को निलो पल्सर मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकलमा सवार वडा प्रहरी कार्यालय वैदाम कास्कीमा कार्यरत प्रहरीको मृत्यु भएको हो।
मृत्यु हुनेमा रुपन्देही छिवागढ नगरपालिका ५ का २५ वर्षिय प्रदिप कुमार यादव र स्याङजा फेदीखोला गाँउपालिका २का २६ वर्षिय शुसिल बानिया रहेका छन्।
मृतक दुवै प्रहरी कर्मचारीहरुलाई सोही अस्पतालकै प्राङगणमा एक श्रदाञ्जलि अर्पण गरिएको छ। ४ नं. प्रदेश प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक कमल सिंह बम लगायत कास्की स्थित विभिन्न प्रहरी कर्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुले मृतक प्रहरी कर्मचारीहरुको आत्मको शान्तीका लागि श्रदाञ्जलि अर्पण गरेका छन्।
बस र बस चालकलाई ईलाका प्रहरी कार्यालय शिशुवा कास्कीले नियन्त्रणमा लिई कारवाही तथा अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।