काठमाडौं - काँग्रेस संसदीय दलको निर्वाचनमा सभापति शेरबहादुर देउवाको पक्षमा अपेक्षित भन्दा बढी मत आएको छ।
काँग्रेसका सांसदहरु कुल ६३ सांसदहरु मध्ये देउवा पक्षका ३९ जना रहेपनि उनलाई पाँच मत बढी आएको हो।
सोमबार सम्पन्न संसदीय दलको निर्वाचनमा देउवाले ४४ मत ल्याउदा उहाँका प्रतिश्पर्धी प्रकाशमान सिंहको १९ मत मात्रै आएको छ । सिंहलाई २४ मत आउनु पर्ने अनुमान गरिएपनि महामन्त्री शशांक कोईराला पक्षीय नेताहरुले नै देउवाको पक्षमा मतदान गरेकाले सिंहको मतसंख्या घटेको हो ।
देउवालाई मतदान गर्नेमा महामन्त्री कोईराला सहित उनको पक्षका डा मिनेन्द्र रिजाल, डा नारायण खड्का, उमाकान्त चौधरी र भिमसेनदास प्रधानले समेत देउवालाई नै मतदान गरेका छन् ।
चौधरी र प्रधानलाई सिंहको पक्षमा मतदान गराउन सिटौला पक्षले गरेको आग्रह उनीहरुले अस्विकार गरेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।