जनकपुरधाम- ढल्केबर-जनकपुर सडकखण्ड अन्तर्गत धनुषाको मिथिला नगरपालिका १ नक्टाझिजमा टिपरको ठक्करबाट एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ।
गिट्टी लोड गरी ढल्केबरबाट जनकपुरतर्फ आउँदै गरेकोे ज१क २९३ नम्बरको टिपरले बाटो क्रस गर्न लागेको ज६प ९०४५ नम्बरको मोटरसाइकलमा ठक्कर दिएको थियो। मोटरसाइकल चालक धनुषा बनिनियाँका ४५ वर्षीय शिक्षक हरिनारायण यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
टिपर चालक फरार रहेकाले खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ। टिपर र मोटरसाइकल प्रहरीको नियन्त्रणमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।