काठमाडौं- आलिया भट्टको आफ्नी ठूली दिदी शाहीनसँग गहिरो सम्बन्ध छ। दुवै दिदी बहिनी सुरुवातदेखि नै एकले अर्कालाई धेरै सहयोग गर्दै आएका छन्।
उनीहरू एक अर्कालाई तारिफ गर्नमा कहिल्यै लोभ गर्दैनन्। आज शाहीन आफ्नो ३१औं जन्मदिन मनाउँदैछिन्। जन्मदिनको अवसरमा आलियाले एउटा भावुक र रोचक स्टाटस लेखिन्।
आफ्नो बचपनको तस्बिर सेयर गर्दै आलियाले दिदीको बारेमा लेख्न कठिन भइरहेको बताइन्। आफ्नो फिलिङ्सको शब्दमा कसरी भर्ने भन्नेमा आफूलाई अफ्ठ्यारो भएको उनले बताइन्। आलियाले लेखेर पोस्ट गरेको भावुक स्टाटस यस्तो छ-
'यो समय म आफ्नो समझदार दिदीको लागि एक परफेक्ट बर्थडे क्याप्सन लेख्ने प्रयास गरिरहेको छु। म टाइप गर्छु अनि फेरि डिलिट गर्छु। किनकि म मेरो दिदी जस्तो ठूलो लेखक हैन। हामी आपसमा यस्तो भाषाको प्रयोग गर्छौं जुन दोस्रो व्यक्तिलाई थाहा हुन्न। हाम्रो सम्बन्धबीच कुनै भाषा छैन। केवल हाम्रो आँखा बोल्छ। वा हाम्रो खुट्टा र सायद घुँडा पनि। हामी दुनियाँको सबैभन्दा प्रिय बहिनी हुनसक्छौं। म खुसी छु कि हाम्रो बिरालो, आलु फ्राइ वा लण्डनको साथ आफ्नै स्वर्ग छ। मलाई विश्वास छ, त्यसबेलासम्म म धुम मच्चाइरहन्छु, जुन बेलासम्म हाम्रो हात र खुट्टा सकुशल हुनेछन्। ह्याप्पी वर्थ डे।'
आलियाको यस पोस्टमा उनकी आमा सोनी राजदान सहित उनका साथीहरूले कमेन्ट गरेका छन्। बहिनीको पोस्टको जवाफ दिँदै शाहीनले कमेन्ट गरेकी छन्, 'म तिमीलाई धेरै प्रेम गर्छु। मलाई आज बिहानै ६ पटक रुवाएको मा धन्यवाद।'
आलियाको दिदी शाहीन, सोनी र महेशको ठूली छोरी हुन्। शाहीनले आफ्नो जिन्दगीमा डिप्रेसनको सामना गरिसकेकी छन्। उनले आफ्नो संघर्षको बारेमा पुस्तकसमेत लेखेकी छन्। जसको नाम 'आई हेव नेवर बिन अनहैप्पीयर' हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।