काठमाडौं- उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नाे स्वास्थ्य अवस्थामा तीव्र गतिमा सुधार आएको बताएका छन्।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीले बिहीबार ट्विट गर्दै भनेका छन्, ‘बितेका दुई दिनयता म एपेन्डिसाइटिसको शल्यक्रिया गरी स्वास्थ्योपचार गराइरहेको छु। यतिबेला मेरो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको छ।’
बितेका दुई दिनयता म एपेन्डिसाइटिसको शल्यक्रिया गरी स्वास्थ्योपचार गराइरहेको छु । यतिबेला मेरो स्वास्थ्य तीब्र गतिमा सुधार भइरहेको छ । स्वास्थ्यस्थिति बारे चासो राख्नुहुने, शुभेच्छा प्रकट गर्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।
— K P Sharma Oli (@kpsharmaoli) November 28, 2019
.jpg)
प्रधानमन्त्री ओलीले स्वास्थ्यस्थिति बारे चासो राख्ने, शुभेच्छा प्रकट गर्नेलाई धन्यवाद पनि दिएका छन्। प्रधानमन्त्री ओलीको मनमोहन कार्डियाथोसासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा मंगलबारदेखि उपचार भएरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।