काठमाडौं- बुधबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारोन्मुख, राम्रोसँग कुराकानी गर्न सक्ने अवस्थामा, भेन्टिलेटरबाट बाहिर निकालिए पनि डाक्टरहरूको निरन्तर निगरानी।
२) प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि विश्व बैंकसँग १३ अर्ब ऋण सम्झौता, स्थानीय तहको वार्षिक कार्यक्रममा स्वीकृत पूर्वाधार आयोजनामा मात्रै खर्च हुने सरकारको दाबी।
३) अरुको हस्ताक्षर नक्कल गरी विभिन्न बैंकबाट लाखौं रुपैयाँ निकाल्ने ६ जना पक्राउ, ३ सय २८ थान चेक र ८ सय २५ बैंक खाताको विवरण बरामद।
४) १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता महिला भलिबलबाट सुरु, लगातार दबाबमा राख्दै सोझो सेटमा नेपालद्वारा बंगलादेश पराजित।
५) र, अमेरिकालाई उछिन्दै कूटनीतिक उपस्थितिमा चीन बन्यो पहिलो, कूटनीतिक कार्यालयहरूको संख्या २ सय ७६ पुग्यो, दक्षिण एसियामा भुटान बाहेक सबै मुलुकभन्दा तल नेपाल।
पूरा समाचार माथिको भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।