काठमाडौं– उदयपुरबाट एक जनालाई बम बिस्फोटको घटनामा संलग्न भएको आरोपमा प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको छ।
पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–१० बस्ने ३६ वर्षीय सिद्धान्त राई छन्।
त्रियुगा नगरपालिका–६ जलजलेस्थित खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालयको भवनमा गत भदौ ३ गते राति सिलिण्डर बम बिष्फोटको घटनामा उनको संलग्नता रहेको प्रहरीले जनाएको छ।
राईलाई त्रियुगा नगरपालिका–१२ बाट पक्राउ गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।