जनकपुर- प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले प्रारम्भिक बालविकासको प्रभावकारी कार्यान्वयनका लागि प्रदेशमा बाध्यकारी कानुन बनाउने पक्षमा आफू रहेको बताएका छन्। जनकपुरमा आयोजित प्रादेशिक संरचनामा प्रारम्भिक बालविकासको लागि संवैधानिक अधिकार तथा दाहित्व विषयक परामर्श कार्यक्रममा उनले मुलुकको भविष्यका कर्णधार बालबालिकाको विकासका लागि उनिहरुको स्वस्थ्य र सक्षम हुने अधिकारलाई बाध्यकारी कानुनमार्फत स्थापित गर्नु पर्ने उल्लेख गरे।
मुख्यमन्त्री राउतले बालविकासको लागि आवश्यक कानुनको खाका तयार पार्न समन्वय समूहलाई निर्देशन दिँदै ती कार्यक्रममा बजेटको अभाव हुन नदिने प्रतिबद्धता जनाए। साथै प्रदेशमा संचालनमा रहेकाे बेटी पढाउ, बेटी बचाउ कार्यक्रमकै दर्जामा बालविकासको लागि छुट्टै अभियान चलाउनुपर्ने उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।