गाईघाट- उदयपुरको बेलका नगरपालिका–१ बगाहामा एक बालिकाको डुबेर मृत्यु भएको छ। कृष्ण बास्तोलाकी छोरी १७ महिने झरनाको डुबेर मृत्यु भएको हो।
आफ्नै घरको आँगनमा खेल्ने क्रममा कलको पानी जम्मा भएको खाल्डोमा बालिका डुबेकी थिइन्। पानीमा डुबेर गम्भीर बनेकी बालिकाको उपचारका अस्पताल लाने क्रममा बाटोमै मृत्यु भएको उदयपुर प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।