कञ्चनपुर- कञ्चनपुरमा कालापानी, लिपुलेक र लिम्पियाधुरा रक्षाका लागि हस्ताक्षर अभियान सुरु गरिएको छ। सीमा रक्षाका लागि युवा जागरण अभियान दार्चुलाले हस्ताक्षर अभियान सुरु गरेको हो।
‘युवा जागौँ, देश बचाऔँ’ भन्ने मूल नारासहित हस्ताक्षर अभियान सुरु गरिएको अभियानका संयोजक मदन गिरीले बताए। 'भारतले अतिक्रमण गरेको भूमि फिर्ताका लागि दबाब सिर्जना गर्न हस्ताक्षर अभियान सञ्चालन गरेका छौँ', उनले भने 'सङ्कलित हस्ताक्षर प्रधानमन्त्रीलाई बुझाउँछौँ।'
मङ्गलबारदेखि सुरु अभियानका क्रममा दश हजार बढीले हस्ताक्षर गरेका छन्। हस्ताक्षर अभियानमा शिक्षक, विद्यार्थी, स्थानीयबासिन्दा, नागरिक समाज, राजनीतिक दलका कार्यकर्ताले सहभागिता जनाएका छन्। हस्ताक्षर अभियान सुदूरपश्चिम भरी सञ्चालन गरिने बताइएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।