विराटनगर- झापा र सोलुखुम्बुमा भएको आगलागीबाट २० लाखभन्दा बढीको क्षति भएको छ।
झापाको दमक नगरपालिका–६ का गंगा जगेबुको घरमा आइतबार साँझ आगलागी हुँदा ११ लाख ८३ हजार बराबरको क्षति भएको छ। डेरा लिएर वस्ने जंगबहादुर लावतीकी छोरीले बत्ती बाल्ने क्रममा अचानक आगो लागेको थियो। आगलागीमा जबेगुको २ तले घरमा क्षति भएको र नगद ११ लाख ८३ हजार जलेर नष्ट भएको जनाइएको छ। दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमो आगो नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।
यसैगरी, सोलुखुम्बुको थुलुङ–दुधकोसी गाउँपालिका–९ का प्राशनकुमार राईको घरमा आगलागी हुदा साढे ८ लाख मूल्य बराबरको क्षति भएको प्रहरी चौकी सुकेपोखरीले जनाएको छ। यस्तै, संखुवासभाको खाँदबारी नगरपालिका–१० चन्दनपुरस्थित नन्दलाल गौतमको घरमा पनि विद्युत सर्ट भई आगलागी भएको प्रहरी चौकी चन्दनपुरले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।